चलचित्र ‘निशब्द’मा अभिनय गरेकी जियाले अक्षयकुमारसँग ‘हाउसफुल’मा र आमिर खानको चलचित्र ‘गजनी’मा पनि विशेष भूमिकामा अभिनय गरेकी थिइन् । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइरहेकी जीयाले किन आत्महत्या गरेकी हुन भन्ने अझै खुलेको छैन । उनी आत्महत्या गर्नु भन्दा १ दिन अघि मात्र हैदाराबादबाट फर्किएकी थिइन् ।
हैदाराबादबाट फर्के लगतै जिया निक्कै चिन्तित थिइन् । उनले एक चलचित्रमा अडिशनका लागि हैदाराबाट पुगेकी थिइन् । तर उनकी आमाले दिएको बयान अनुसार जियाले हैदाराबादको अडिशन सोचेजस्तो नभएको बताउँदै अब आफू इंटेरियर डिजाइनर्सको पेशा सुरु गर्ने सोचाइमा रहेकी थिइन् । सोमबार बेलुकी ७ बजेबाट जियालाई कसैले पनि बाहिर देखेको थिएन । तर ११ बजे अपार्टमेन्टका सुरक्षा गार्डको सुचनामा पुलिसले उनी बस्दै आएको ‘सागर संगीत अपार्टमेन्ट’को १०२ नम्बरको फ्ल्याटको ढोका तोडेको थियो ।
पुलिसले जिया खानलाई पंखामा पासो लगाएको अवस्थामा भेट्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको मृत शरीरलाई अहिले पोष्टमार्टमको लागि लगिएको छ । आफ्नो करिअरलाई बलिउडका सुपरस्टारको साथमा सुरु गरेकी जीयाले हालै मात्र ३ मेघा बजेटका सिनेमामा अभिनय गर्ने पक्का भएको थियो ।

0 comments
Post a Comment