नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 19, 2013

मुख र दाँतलाइ कसरि स्वस्थ राख्ने ?


परिचय
मुखको सरसफाई सम्पूर्ण शरीरकै सरसफाईको एक भाग भएकोले यसलाई शरीरको सरसफाईबाट अलग गर्न मिल्दैन । दाँत माझ्नु भनेको शरीरको अन्य सरसफाइहरु मुख धुने, कपाल कोर्ने, नङ्ग काट्ने जस्तै हो । मुख स्वस्थ राख्न दिनको कम्तिमा दुई पल्ट– बिहान खाजा वा खाना खाइसकेपछि र राति सुत्दा अघि दाँत माझ्नु पर्दछ । मानिसको जीवनमा दुई समूहका दाँतहरु हुन्छन्– पहिलो दुधे दाँत (एचष्mबचथ)र यो साटिएर आउने स्थायी(एभचmबलभलत) दाँत । दुधे दाँतहरु ६ महिनादेखि ३ वर्षको वीचमा उम्रन्छन् र जम्मा २० वटा हुन्छन् ।  स्थायी दाँत जन्मेपछि बढ्न सुरु गर्दछन् । दुधे दाँतहरुले स्थायी दाँतको स्थान ओगटेर राखेका हुन्छन् र दुधे दाँत झरे पछि ६–७ वर्षको उमेरमा यी मुखमा उम्रन थाल्दछन् र १८–२५ वर्षको उमेरमा सवै स्थायी दाँतहरु उम्रिन्छन् । स्थायी दाँतहरु जम्मा ३२ वटा हुन्छन् ।

शारीरिक वा स्वास्थ्य सम्बन्धि समस्या भएकाहरु जस्तै– दन्त लेक नियन्त्रणमा कमी, उच्च रक्तचाप, उदासिनता वा मानसिक रोग सम्बन्धी औषधी खाने विरामीहरुमा मुख सुख्खा भएर । बाथको रोग भएकाहरु ।आवश्यकता भन्दा लामो समयसम्म आमाको दुध पिउने वा चिनी भएका गुलियो पेय पदार्थ पिउने (विशेष गरि राति) साना बालबालिकाहरु ।
फ्लोराइड नभएको पानी पीउने वा फ्लोराइड नभएको मञ्जन प्रयोग गर्नेहरु ।
भर्खरै उम्रदै गरेका दाँतहरुमा कीरा लाग्ने खतरा बढी हुन्छ  किनभने यी दाँतहरु अरु दाँतको चपाउने सतहभन्दा तल हुन्छन् र दाँत माँझ्दा छुट्न सक्छन् । त्यसकारण ७ वर्ष उमेर मुनिका दाँत माझ्न अभिभावकको सहायताको आवश्यक पर्दछ ।

यसबाट हुन सक्ने जटिल खतराहरु
दाँतमा पटकपटक कीरालाग्ने, दाँतको गीजाँ  रातो सुन्निएको र गिजाबाट रगत आउने भई ओठ, गिजा, जिब्रो, जिब्रो मुनिको भाग र मुखको अन्य भागहरुमा अनावश्यक कोष र तन्तुहरुको अनियन्त्रित वृद्धि हुन गई मुखको क्यान्सर पनि हुन सक्छ । दाँतमा कीरा लाग्नु तथा गीजा सुन्निन गई रातो हुने, दुख्ने तथा रगत आउने र ती किटाणुहरु रगतको माध्यमबाट शरीरको अन्य भागमा फैलन गई महत्वपूर्ण अंगहरुलाई पनि क्षति पु¥याउन सक्दछ । जस्तै ः
मटुको रोग ,पक्षघात ,मधुमेह ,श्वासप्रश्वास प्रणालीसंग सम्बन्धित समस्या जस्तै ः न्यूमोनिया ।
गर्भवती महिलालाई पनि यदि दाँत, गीजाँ तथा मुख वरिपरीको कुनै पनि समस्या छ भने बच्चा जन्मनु समय पुग्नु अगाडि जन्मिनु सक्दछ ।

रोकथामका उपायहरु
हाम्रो उद्देश्य समस्या भई सके पछि उपचार गर्न भन्दा समस्या हुन नदिन हो । यदि दाँत कीराले खाने, गीजा सुन्निने, रगत आउने तथा घाउ खटिरा आउने मुख सम्वन्धि कुनै पनि समस्या छ भने  तुरुन्त दन्त परीक्षण गराउनु पर्दछ । त्यस बाहेक हामीले हाम्रो जीवनयापन, खानपानमा निम्न लिखित उपायहरु अपनाउन सक्यौ भने यो समस्याबाट बच्न सकिन्छ ।

पोषण र खानेकुरा
दाँत स्वस्थ राख्न खानेकुराको ठूलो भूमिका हुन्छ । क्याल्सियम र फोस्फोरस जस्ता खनिज पदार्थहरु दाँत बढ्दै गर्दा र दाँत बलियो बनाउनका लागि नभई हुँदैन । दुध र दुधबाट बनेका खाद्यपदार्थहरु , अण्डा एवं प्राकृतिक खानेकुराहरु जस्तै ः फलफुल र ताजा हरिया तरकारीहरुले दाँत मात्र होइन सम्पूर्ण शरीरनै स्वस्थ राख्नमा सहयोग पु¥याउँछ । दाँतमा कीरा लाग्नबाट बचाउन गुलियो खानेकुरा दाँतमा टाँसिने खानेकुरा वा गुलियो र फिँज आउने पेयको मात्रा र पटक दुवै कम गर्नुका साथै यस्ता खानेकुरा खाई सकेपछि दाँत माझ्नुपर्छ नत्र कुल्ला मात्र भए  पनि गर्नुपर्दछ । तर फिँज आउने पेय खाएपछि आधा घण्टासम्म बुरुशले दाँत माझ्नु हुँदैन खाली कुल्ला मात्र गर्नुपर्दछ ।गर्भवती महिलाहरुले आफु स्वयं र पेटमा रहेको बच्चालाई स्वस्थ राख्नका लागि गर्भावस्थाको १२ हप्ता पुगेपछि वा चौथो महिनाको शिशुको दाँत र हड्डीको विकासको लागि क्याल्सियम र फोस्फोरस मूल खानेकुराहरु खानु पर्दछ ।

फ्लोराइड मञ्जनको प्रयोग
फ्लोराइड एक खनिज पदार्थ हो जुन प्राकृतिक रुपमा पत्थर, माटो, चिया, पानी र समुद्री माछा आदिमा पाइन्छ । थोरै मात्रामा प्रायः सवै खानेकुराहरुमा पनि पाइन्छ । मानव जातिमा दाँतको बाहिरी सतहमा पाइने यो एक प्राकृतिक तत्व हो । हालै गरेको सर्वेक्षण अनुसार नेपालको पानीमा आवश्यक भन्दा पनि कम मात्रामा फ्लोराइड भएको तथ्य पुष्टि भएको छ । नेपालको भौगोलिक वनावटको कारण यहाँको पानीमा प्राकृतिक रुपमै फ्लोराइड धेरै हुनुपर्छ  भन्ने जनविश्वास गलत हो । तसर्थ नेपालको सन्दर्भमा फ्लोराइड पाउने माध्यम भनेको फ्लोराइड युक्त मञ्जनको प्रयोग गर्नु नै हो । फ्लोराइड युक्त मञ्जनले दिनमा दुई  पटक दाँत माँझ्नु पर्दछ र दाँत माँझ्दा नरम तथा मध्यम खालको ब्रस प्रयोग गर्नु पर्दछ । व्यवस्थित तरिकाले दाँत माझ्ने बानी बसाल्नुपर्छ । दाँत माझ्दा माथिल्लो दाया कुनाबाट सुरु गरेर माथिल्ला बायातिर मुनी तल्लो बाँया हुँदै तल्लो दाँयाकुनाका दाँतहरु क्रमैसंग माँझ्दै जानुपर्छ । पहिला  दाँतको बाहिरी सतह माझ्नुपर्दछ , त्यसपछि दाँतको भित्री अनि चपाउने सतह माझ्नुपर्दछ । यसरी माथि तल, दायाँ, बाँया सवैतिर माझिसकेपछि मञ्जनको फिज सवै सुक्नुपर्दछ वा सकभर थोरै पानीले कुल्ला गर्नुपर्छ । यसो गर्नाले मञ्जनमा भरेको फ्लोराइड लामो समयसम्म रहन्छ र दाँत बलियो बनाउनमा मद्दत पुग्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा वाकवाकी लाग्ने वा उल्टी हुने समस्याको कारण दाँतहरु खिइने समस्या हुनसक्छ । तसर्थ यस्तो  समस्या भएका महिलाहरुले वाकवाकी लागेको वा उल्टी भएको हरेक पटक सफा पानीले कुल्ला गर्नुपर्दछ ।

आमाहरुले आफ्ना बाल–बालिकाहरुको दाँत माँझिदिनु पर्छ । नवजात शिशुहरुमा मुखमा हानिकारक किटाणुहरु हुँदैनन्  । पछि आमाले म्वाइ खाँदा वा खानेकुराहरु चाखेर वा चपाएर खुवाउँदा आमाबाट आफ्ना शिशुमा किटाणुहरु सर्न सक्छन् । त्यसैले दाँत उम्रन थालेदेखि नै शिशुहरुको दाँत माझ्न थाल्नुपर्दछ । बालबालिकाहरु ६–७ वर्ष मुनिको भए वा आफै  दाँत माझ्न सक्ने नभएसम्म अभिभावकको निरीक्षणमा दाँत माझ्न सिकाउने र सघाउने गर्नुपर्छ ।

व्यक्तिगत आनि–बानी वा लत
पान, खैनी, सुपारी, धुम्रपान जस्ता लत स्वास्थ्यको लागि हानिकारक छन् । यस्ता बानीहरुले मुखको क्यान्सर जस्तो डर लाग्ने रोग पनि लाग्न सक्छ । त्यसैले यस्ता बानीहरु कम गर्नुपर्छ वा छोड्नु पर्छ ।

नियमित मुखको स्वास्थ्य परीक्षण
नियमित मुखको स्वास्थ्य परीक्षण गर्नाले समस्याहरु समयमै थाहा पाउन सकिन्छ र उपचार गर्न सजिलो हुन्छ । दाँतमा कीरा लागेर प्वाल परेमा , गिजाबाट रगत आएमा वा मुखमा कुनै पनि समस्या भएमा तुरुन्तै दन्त चिकित्सक वा स्वास्थ्यकर्मीसंग जचाईहाल्नुपर्छ । समस्या ठूलो र पीडादायी हुञ्जेलसम्म पर्खनु हुँदैन ।वृद्धावस्थामा खानामा परिवर्तन, सरसफाईमा कमी, औषधीको प्रयोग , ¥याल कम आउने, जस्ता कारणहरुले गर्दा दाँतमा पटक–पटक कीरा लाग्ने र दाँतको जरामा नै कीरा लाग्न गई गिजा सम्वन्धी समस्या देखिन सक्छ । यी सवै समस्याको लागि नियमित रुपमा मुखको स्वास्थ्य परीक्षण गर्नु पर्छ ।
सांराश
अरु अङ्गहरुको स्वास्थ्य प्रति तपाई जति जागरुक हुनुहुन्छ त्यति नै मुख तथा दन्त स्वास्थ्यको जागरुकता पनि आवश्यक देखिन्छ ।

0 comments

Post a Comment