नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 17, 2013

सेनाबाट यसरी पीडित बन्छन् महि

जगतपुर (चितवन), असार ३ - मेघौलीकी २५ वर्षीया सीता कुमाल (नाम परिवर्तन) को मोबाइलमा चार वर्षअघि नयाँ नम्बरबाट फोन आयो । 'रोङ नम्बर' को भन्दै चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत नेपाली सेनाका जवान हरिशरण राईले उनलाई फोन गरेका थिए ।
पहिलो दिन लगत नम्बर पर्‍यो भन्दै फोन गरेका उनले त्यसपछि लगातार फोन गरिरहे । उनी यसरी नै नजिकिँदै गए । नुवाकोट घर भएका उनले आफ्नो विवाह नभएको भन्दै उनीसँगको छोटो गफमै विवाहको प्रस्ताव राखे । गरिबीमा परेकी कुमालले सरकारी जागिरेसँग विवाह गर्न पाउँदा दंग बनिन् ।
केटी पक्षका परिवारले भने केटाको आमाबुबासँग गफ गरेरमात्र छोरी दिने बताए । तर राईले बुबाआमा नभएर आफू टुहुरो भएको नाटक गर्दै छोरी दिन आग्रह गरे । आमाबाबु नै नभएको भनेपछि केटी पक्षका परिवारले राईलाई छोरी दिए । विवाह गरेर कोठामा राखेको चार दिन नबित्दै सीताले आफू पाँचौं श्रीमतीका रूपमा राईसँग विवाह गरेको पत्तो पाइन् ।
केही दिनपछि राईका बुबाआमा भएको पनि पत्तो पाइन् । किन ढाँटेर विवाह गरेको भन्दै राईलाई प्रश्न गर्दा राईले 'राम्रो फूल त भमराले चुसी हाल्छ नि' भन्दै जवाफ दिएका थिए । एकोहोरो कुटाइ खाँदै हप्की दप्की सहनु परेपछि उनले छाडेर पीडा भुल्न खाडी जाने सुर कसिन् । पासपोर्ट बनाएर २ वर्ष साउदीमा बसेर घर
फर्किन् । अहिले समाजमा उनलाई राम्रो दृष्टिले हेरिँदैन । न्यायका लागि लड्न केही प्रमाण छैन । उनको न बच्चा छ न विवाह दर्ता नै । समाजले उनले विवाह गरेर गएको देखेको छ ।
'मैले अब कसरी न्याय पाउने,' उनले भनिन्, 'न्यायका लागि लड्न उसले लगाइदिएको सिन्दुर र पोतेबाहेक मसँग अरू केही प्रमाण छैन ।' अहिले उनी निराश छिन् । कहाँ गएर न्याय पाइन्छ भन्दै भौंतारिएकी छन् । सेनाबाट पीडित बन्ने उनी एक जना प्रतिनिधि पात्र हुन् । गरिबीले गर्दा अधिकांश किशोरी सेनाको यौन सिकार बन्दै आएका छन् । मध्यवर्ती क्षेत्रमा बोटे, कुमाल, माझीलगायत न्यून आयस्तर भएका परिवारको बसोबास छ । त्यही गरिबीको फाइदा सेनाले उठाउँदै आएका छन् । केही महिला विवाह गरेर बच्च्ाा जन्मिएर कानुनी लडाइँ लडिरहेका छन् ।
केही भने मुद्दा लड्नका लागि कानुनी प्रमाण नहुँदा निराश छन् । उनी जस्तै पटिहानी १ की लीला बोटेले निकुञ्जमा कार्यरत कास्की सिद्ध गाविसका अर्जुन थापासँग कोट म्यारिज गरिन् । केही समय साथै बसे । उनलाई गर्भवती बनाएर थापा टाढिए । ०६२ सालमा विवाह गरेकी उनले ०६६ सालमा छोरी जन्माइन् ।
पछि उनलाई छाडेर थापा हिँडेपछि उनीविरुद्ध मुद्दा हाल्ने कुरा गरेपछि नागरिकता बनाइदिए । 'हाम्रो सोझोपनमाथि फाइदा उठाउने धेरै छन्,' बोटेले भनिन्, 'त्यही सोझो पनले गर्दा म पनि फसंे । तर कानुनी न्याय नपाइन्जेलसम्म लड्न छाडदन ।' उनले थापाविरुद्ध अंश पाऊँ भन्दै मुद्दा हालेर अदालत धाइरहेकी छन् । यो क्षेत्रमा नेपाली सेनासँग शारीरिक सम्पर्क राखेर जन्मिएका किशोर किशोरीले उमेर पुग्दासमेत नागरिकता पाउन सकेका छैनन् ।
'सेनाबाट पीडित हुनेको संख्या धेरै छ,' सेना पीडित महिला तथा बालबालिकाको हितमा काम गर्दै आएका छवि न्यौपानेले भने, 'सबैले न्याय पाउन सकेका छैनन् ।' उनले उक्त क्षेत्रमा निम्न मध्यम वर्गीय समुदायका बसोबास भएकाले सेनाले त्यसको फाइदा उठाउँदै आएको बताए । यस क्षेत्रमा सेनाबाट १ सय १३ महिला पीडित छन् । त्यस्तै उनीहरूबाट जन्मिएका १ सय ६८ बालबालिका पढ्नबाट वञ्चित छन् ।

0 comments

Post a Comment