पेरुको लुरिगान्छो जेल कूख्यात कैदी राखिने ठाउँ हो । जहाँ हतियारधारी लुटेरा, अपहरणकारी लगायत कुख्यात अपराधमा संलग्न करिव ७ हजार कैदीहरु छन् । यहाँ पेरुसँगै भेनेजुएला, इक्वेडर र कोलम्बियाका कूख्यात अपराधीहरुलाई कडा सुरक्षाका बीच राखिएको छ ।

झण्डै १ हजार २ सय कैदीले विश्व कीर्तिमान कायम गर्न एकसाथ बहुरंगी कपडामा नाचेका छन् । उनीहरुले निकै रातो काठको टुक्रामा टेकेर हिपहप र रक मिक्स डान्स गरेका हुन् । सुरक्षाकर्मीहरु पनि दंग परेर उनीहरुको मेहनत हेरिरहेका थिए । लुरिगान्छो जेल २ हजार ५ सय कैदी अट्ने क्षमताको भएपनि ७ हजार जना राखिएको छ ।
0 comments
Post a Comment