नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 8, 2013

लिम्बु र बाहुनले बनाए छुट्टाछुट्टै लिम्बुवान

nirbachan

२५जेठ, काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १ सय ३९ दलले दर्ताका लागि निवेदन दिएका छन् । तर, एउटै दलका महासचिव र अध्यक्षले छुट्टाछुट्टै दल दर्ता गरेको सुन्दा निकै रमाइलो भएको छ ।
इलाम घर भएका वीर नेम्वाङ लिम्बुवान मुक्ति मोर्चाका संस्थापक नेता हुन् । उनको पार्टीमा महासचिव चाहिँ बाहुन छन्, अर्थात् सुनसरीका पदमकुमार अधिकारी । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेपछि अध्यक्ष नेम्वाङ र महासचिव अधिकारी दुबैजना १० हजार कार्यकर्ताको हस्ताक्षर संकलनमा जुटे । तर, यस्तो भैदियो कि अध्यक्षले १० र महासचिवले १० गरी २० हजार हस्ताक्षर संकलन गरिएपछि अहिले २ वटा दल दर्ता भएका छन् ।

अध्यक्ष नेम्वाङले अलग्गै १० हजार कार्यकर्ताको हस्ताक्षर बटुलेपछि उनी महासचिवलाई थाहै नदिई काठमाडौं हानिए । र, जेठ १३ गते निर्वाचन आयोगमा लिम्बुवान मुक्ति मोर्चा दर्ता गराए । आयोगमा नेम्वाङको पार्टीको दर्ता नम्बर ६० हो ।
नेम्वाङले सुटुक्कै दल दर्ता गरेको गाइँगुइँ हल्ला चलेपछि महासचिव अधिकारीले निर्वाचन आयोगमा सम्पर्क गरेर बुझ्दा पहिल्यै दल दर्ता भैसकेको छ Û त्यसपछि अधिकारी पनि आफूले बटुलेको १० हजार हस्ताक्षर बोकेर काठमाडौं आएर आयोगले दिएको म्यादको अन्तिम दिन अर्थात् जेठ १६ गते उनले पनि लिम्बुवान मुक्तिमोचामा नेपाल थपेर दल दर्ता गरे । वीर नेम्वाङको साटो रामबहादुर कुरुङबाङलाई अध्यक्ष बनाई दर्ता गरिएको लिम्बुवान मुक्ति मोर्चाको दर्ता नं ८० रहेको छ ।
पुजारीले पार्टी चलाउँदैन : नेम्वाङ
महसचिव अधिकारीको दलबारे नेम्वाङको प्रतिक्रिया छ, ‘महासचिव लामो समय फोन अफ गरेर बसेकाले मैले दल दर्ता गरेको हुँ, लिम्बुवानको संस्थापक मै हुँ ।’ अधिकारीले सत्यहाङ्माका पुजारी रामबहादुरको अध्यक्षतामा पार्टी दर्ता गरेको र पुजारीले पार्टी चलाउन नसक्ने नेम्वाङको आरोप छ ।
बीर नेम्वाङ सकिए : अधिकारी
पार्टीभित्र गद्दारी गरेर पदाधिकारीलाई थाहै नदिई दल दर्ता गरेपछि वीर नेम्वाङ बदनाम भएको महासचिव अधिकारीको दाबी छ । ‘अब नेम्वाङ कार्यकर्ताको घरमा जानसक्ने अवस्था छैन, गए भने उनलाई आफ्नै मान्छेले लखेट्छन् ।’- अधिकारीले अनलाइनखरसँग भने ।

0 comments

Post a Comment