खासगरी अस्वस्थ तथा असुरक्षित यौन व्यवहारका कारण क्यान्सर हुनसक्ने विज्ञहरुको भनाई छ । हालै हलिउड अभिनेता माइकल डगलसले समेत आफुलाई मुखमैथुनका कारण क्यान्सर भएको खुलासा गरेका छन् । आफुले महिलाहरुसँग ओरल सेक्स गर्ने गरेको र सोही कारण आफुलाई घाँटीको क्यान्सर भएको उनको भनाई छ ।
डगलसलाई ह्युमन प्यापिलोमा भाइरसका कारण घाँटीको क्यान्सर भएको थियो । यो भाइरस सेक्सका दौरान फैलिने गर्छ ।
कम उमेरको सम्भोग महिलाहरुको हकमा क्यान्सरको एक डरलाग्दो कारण बन्नसक्ने चेतावनी विज्ञहरुले दिने गरेका छन् । कम उमेरमा हुने सेक्सका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च हुने विज्ञहरुको भनाई छ ।
असुरक्षित सेक्सका कारण पुरुषमा भने प्रोस्टेट क्यान्सरको खतरा बढ्न जान्छ । असुरक्षित यौन सम्पर्क विभिन्न खाले यौन रोगको फैलावटको मुख्य कारण त हो नै, यो क्यान्सरको समेत कारकतत्व बन्नसक्छ । त्यसैले यौन जिवनलाई सुरक्षित र स्वस्थ बनाउनु आवश्यक छ ।

0 comments
Post a Comment