नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 3, 2013

कन्ट्रयाक किलर लगाएर आफ्नै छोरीको हत्या

राजविराज, जेठ २० –सप्तरीमा एक परिवारले आफ्नै छोरीलाई कन्ट्र्याक किलर लगाई हत्या गरेको रहस्य खुलेको छ ।

छोरीले छिमेकी युवासंग प्रेम विवाह गरेकाले अपमानित हुनुपरेको भन्दै बतनाहा गाविस ७ का चन्द्रिका राउत बरैले १६ वर्षिया छोरी रुबीको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा प्रहरीले चन्द्रिका र अर्का युवक मोहन शाहलाई पक्राउ गरेको छ ।
छिमेकी अरुण साहसंग चैत्र ३ गते भागेर विवाह गरेपछि अपमानित महशुस गरेका चन्द्रिकाले थप अपमानित हुनु नपरोस् भनेर हत्या गराएको प्रहरीसंग बताएका छन् ।
उनीहरु भागेको एक महिनापछि दुबै परिवारको सहयोगमा उनीहरुलाई गाउँ फर्काइएको थियो । पछि गाउँमा पञ्चायत राखेर केटा पक्षले ५० हजार रुपैयाँ क्षतिपुर्ति दिने सहमति गरेर घटना मिलाइएको थियो ।
घटनापछि त्यसपछि छोरीलाई आफ्नो वहिनीको घर दरभंगा पठाएसँगै छोरीको हत्याको योजना समेत बुन्न लागेको चन्द्रिका परिवार निकटका एक स्रोतले वतायो । हत्याराको बन्दोवस्त भइसकेपछि चन्द्रिकाले छोरीलाई दरभंगाबाट मामाघर सप्तरीको रम्पुरामल्हनियामा ल्याएर राखे ।
मामाघरमा दुई दिन राखेपछि चन्द्रिकाले मंगलबार साँझ रुबीलाई आफ्नो घर जानुपर्छ भन्दै दुई जना अपरिचितसँग पठाइदिए । एक्लै नजाने भनेपछि ‘तिमीहरु जाँदै गर म पछि आउँदै छु’ भन्नेर रुबीको चित्त बुझाएको स्रोतको भनाई छ ।
रम्पुरामल्हनियाँबाट रुबीलाई लिएर निस्केका दुई हत्याराहरु केही घण्टापछि कोशी नदीको पश्चिमी तटबन्ध छेउको सुनसान ठाउँमा रुबीलाई घाँटीरेटी हत्या गरिदिए । हत्या पश्चात उनीहरुले शवलाई रातारात कोइलाडी–९ चट्टीटोल स्थित नहर छेउमा ल्याएर फालिदिएका थिए ।
शवको पहिचान नहोस भन्नेर दुवै हत्याराले शब जलाएका पनि प्रहरीले जनाएको छ । कन्ट्रयाक किलरले रुबीको हत्या वापत चन्द्रिकासंग १५ हजार रुपैयाँ लिएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी इन्चार्ज रत्न पौडेलले बताउनुभयो ।
अनुहार सहित झण्डै ९० प्रतिशत भाग जलेको अवस्थामा जेठ ८ गते प्रहरीले सप्तरीको कोइलाडी गाविस–९ चट्टिटोल नजिकै नहरमा रुबीको शव फेला पारेको थियो ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले प्रहरी घटनाको जरोसम्म पुगिसकेको बताउनुभयो । ‘केही दोषीको नजिकसम्म पुगेका छौं एक दुई दिनमै हामी विस्तृत विवरण जानकारी गराउन सक्छौं’ उहाँले भन्नुभयो ।
विघटित संविधान सभाका सदस्य सदरुल मियाँ हकको हत्याको २४ घण्टा नवित्दै ७ जेठको राति रुबीको हत्या भएको थियो ।

0 comments

Post a Comment