नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 1, 2013

२० वर्षको उमेरमा विश्वविद्यालयमा पढाउँदा

प्रा. डा. दयानन्द बज्राचार्य - मैले १० वर्षको उमेरमा मात्रै औपचारिक अध्ययन सुरु गरेको हुँ । म त्यो बेला ९ कक्षामा भर्ना भएँ । १२ वर्षमा एसएलसी पास गरें ।

मैले पिएचडीसम्मको उपाधि औसत उमेर भन्दा कममा नै प्राप्त गरें । २० वर्षकै उमेरमा विश्वविद्यालयमा अध्यापन सुरु गरें । ३१ वर्षको उमेरमा त म प्राध्यापक नै भइसकेको थिएँ ।
मेरा दाईहरु सानै उमेरमा विद्यालय गएका हुन् । उनीहरुले मेरो औपचारिक शिक्षाबारे किन बुझेनन् ? तर म १० वर्षसम्म घरमा खेलेर बसेको होइन । दाइहरुले नै मलाई पढाउनुहुन्थ्यो ।
विद्यालयमा मलाई सुरुका दिनहरुमा निकै कष्ट भयो । मलाई बोक्न सक्ने भन्दा धेरै भारी बोकाइयो । तर जति जति म माथि जाँदै गएँ मेरो अध्ययन पनि राम्रो हुँदै गयो ।
अर्जुनदृष्टि वा एकलव्य जस्तो रह्यो मेरो अध्ययन । लक्ष्य प्राप्त गर्ने ध्यानमा मैले दायाँबायाँ केही पनि हेरिन । मैले सगरमाथाको चुचुरो मात्र देखें, त्यसको वरिपरिको अरु दृश्यतिर आँखा नै गएन ।
त्यतिबेला किताबको किरो जस्तो भएँ । कहिलेकाहीँ त्यतिबेला पनि यसरी अध्ययन नगरेर बाहिर पनि आँखा डुलाएको भए हुन्थ्यो जस्तो लाग्छ ।

पास भएर पनि एमबिबिएस पढ्न पाइन

विज्ञान पढ्ने सबैको लक्ष्य कि डाक्टर कि इन्जिनियर पढ्ने हुन्थ्यो । मैले आइएस्सी पास गर्ने वित्तिकै उमेर कम भएकाले डाक्टर पढ्न जान पाइन । म भन्दा कम अंक पाउने पनि उमेर पुगेकाले डाक्टर पढ्न जान पाए । त्यसपछि मैले बाध्य भएर बिएस्सी पढ्नै पर्‍यो ।
त्यसबेलादेखि नै मेरो रुची वनस्पति विज्ञानमा देखिन थाल्यो । फूलहरु किन एकै मौसममा फुल्छन्, कोही रुख अग्ला छन्, कोही होचा । यस्ता विषयमा मलाई खुल्दुली लाग्न थाल्यो ।
बिएस्सी पास गरेपछि पनि मेरो परिवारको चाहना म डाक्टर बनोस् भन्ने थियो तर मेरो मन भने परिवर्तन भइसकेको थियो ।
वनस्पति जगतमा भएका रहस्यहरुको जवाफ पाउन नै म लागें । बिएसस्सी पास गरेपछि कोलम्बो प्लानमा एमबिबिएस र एमएस्सी बोटनी दुवैमा नाम निस्किएको थियो ।
मैले अभिभावकको चाहना विपरित कम आकर्षक विषय वनस्पति शास्त्र पढ्न गएँ । वनस्पतिको बयान गर्ने भन्दा पनि क्रियात्मक पक्षबाट अध्ययन गर्न लागें । फूल फुल्यो भन्दा पनि किन फुल्यो भनेर सोच्न थालेँ ।
जर्मनीमा पिएचडी गर्दा पनि अध्ययन र अनुसन्धानमा लागें । त्यहाँ १० वर्ष बस्दा मेरो संसार लाइब्रेरी र ल्याब्रोटेरी थियो । मेरो अर्जुनदृष्टि भनेको वनस्पतिको कोषभित्र प्रकाशको असर के हुन्छ भन्ने थियो ।
जीवनका अन्य पक्षमा ध्यान दिने मसंग समय नै थिएन । कपडा धुनेसम्मको समय पाइन । कमिज मैलो भए थन्क्याउँथे र अर्को किनेर लगाउँथे । वर्षौंसम्म कपाल काटिन ।
दिनको १९ घण्टासम्म काम गरेँ । एक जना सरले त गाली पनि गर्नुभयो । यो कस्तो उल्लु विद्यार्थी हो भनेर !
म एमबिबिएस पढ्न नगएकै कारण उहाँले मलाई ‘तँ जस्तो मुर्ख को हुन्छ ?’ भनेर गाली गर्नुभयो । ‘डाक्टर बन्न छोडेर तँ किन विशुद्ध विज्ञान पढ्न गइस् ?’ भनेर गाली गर्नुभयो ।
तर मैले कहिल्यै पनि पश्चाताप गर्नुपरेन । फूल भित्रै विज्ञान छ र विज्ञानले नै फूलको सौन्दर्यको ब्याख्या गर्छ । सबैकुरा पैसामै मात्र मुल्याङ्कन गर्नुहुँदैन ।

२० वर्षमा एमएस्सीलार्इ पढाउँदा  

म नेपालको वनस्पतिशास्त्रको एमएस्सी पहिलो ब्याचको दोस्रो वर्षमा पढाउन गएको थिएँ । विद्यार्थीमध्ये चार जना मसँगै बिएसस्सी पढेका थिए । तीनजना म भन्दा अग्रज थिए भने एक जना म भन्दा एक वर्ष जुनियर थिए । मलाई उनीहरुले कस्तो ब्यवहार गर्छन् भन्ने डर लागिरहेको थियो ।
हाजिर लिँदा पनि के भन्ने हुन् भन्ने लाग्यो । उनीहरुको नाम बोलाउँदा ‘एस’ मात्रै भन्छन् की, ‘एस प्लिज’ भन्छन् वा ‘एस सर’ भन्छन् भन्ने खुल्दुली थियो । त्यही भएर रोल नम्बर बोलाउँदा ती जुनियर विद्यार्थीबाट सुरु गरेँ । उनले ‘एस सर’ भने पछि सबैले ‘एस सर’ नै भने ।
राम्रो पढाए मात्रै विद्यार्थीले आदर गर्ने हो । त्यसैले मैले कम उमेरमा पनि राम्रो पढाउन सक्छ है भन्ने बनाउन धेरै मेहनत गरें । मैले अरुको भन्दा धेरै नै मेहनत गरेर कक्षाकोठामा पस्थें । मेरो लागि त्यो एक प्रकारको यातना नै थियो । यसले पनि कहिलेकाहीँ राम्रो हुँदोरहेछ ।

मेहनतले नै सफलता

म वैज्ञानिक भएकाले पुर्पुरोमा लेखेर ल्याएको भन्ने कुरामा विश्वास गर्दिन । एकजना दार्शनिकले भनेका छन् ‘तिम्रो बच्चा १३ वर्षसम्म मलाई देउ त्यसपछि सैतानकोमा पठाएपनि केही हुँदैन ।’ मानिसको क्षमता विकासमा उ रहेको वातावरणले प्रभाव पार्छ । त्यसमा उसले मेहनतले पनि प्रभाव पार्छ । कहिलेकाहीँ संयोग पनि पर्छ ।
मैले जर्मनीमा पिएचडी सिध्याएपछि पोष्ट डक्टरेट गर्न अमेरिका जान दुई वर्षको स्कलरसीप पाएँ । तर अमेरिका नगई नेपाल फर्किएँ । सायद अमेरिका गएको भए त्यहाँ कुनै विश्वविद्यालयको प्रोफेसर हुन्थें होला । म त्रिभुवन विश्वविद्यालयको रेक्टर बनें अनि नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को उपकुलपति पनि ।
प्राध्यापक त आफ्नै मेहनतले बनें तर अन्य क्षेत्रमा भने संयोगले नै उपलब्धि हासिल गरें । यी कुराहरु लक्ष्य राखेर पुगेको होइन । महाभारतमा अर्जुनले चराको आँखा मात्रै देख्छ, तर त्यहाँ त रुख पनि छ जंगल छ सबै छ नी । त्यही महाभारतमा सञ्जयले पुरै क्यानभास देख्छ । अर्जुनले आफ्नो लक्ष्य मात्रै देख्यो ।

३१ जना नोबल पुरस्कार विजेता भेटें

वैज्ञानिकहरु पनि अर्जुन जस्तै हुन्छन् । म पनि जर्मनी बस्दा अर्जुनजस्तै थिएँ । मैले वनस्पतिको कोषिकामा प्रकाशले के प्रभाव पार्छ र कसरी प्रभाव पार्छ भन्ने मात्रै देखें ।
युवा अवस्थामा अरु क्षेत्रलाई पनि समय दिएको भए हुन्थ्यो जस्तो लाग्छ । मैले नोबल पुरस्कार प्राप्त गर्ने ३१ जनालाई भेटेँ । सायद दोस्रो कोही नेपालीले त्यो अवसर पाएको छैन । तर अरुलाई त त्यसको के मतलब भयो र ! यो त निरर्थक हुनसक्छ ।
मैले पनि जीवनमा केही रमाइलो गर्न सकेको भए हुन्थ्यो जस्तो लाग्छ । मलाई कहिले पनि म गलत बाटो गएँ भन्ने लागेन । म आफ्नो जीवन यात्रासँग कहिल्यै पनि असन्तुष्ट भइन ।
म अहिले रिटायर्ड जीवन बिताइरहेको छु । निजी कलेजहरुमा पढाउने कहिल्यै रुचि गएन । त्यताबाट आर्थिक उपार्जन त हुन्थ्यो होला तर मैले त्यस्तो सोचिन । मैले जीवनमा कहिल्यै पनि कन्सल्ट्यान्टको काम गरिन ।

विज्ञानको महत्व बुझाउन लागिरहन्छु  

नेपाली समाजलाई विज्ञानको बारेमा सुशुचित गर्ने मेरो नियमित काम जस्तै बन्यो । विज्ञानको महत्व, विज्ञानले गरेका काम बारेमा ज्ञान दिन मैले पत्रिकामा ‘जीवन र विज्ञान’ स्तम्भ पनि लेख्दै आएको छु ।
विज्ञानको बारेमा थाहा पाउन विज्ञान शिक्षाको बारेमा थाहा पाउनुपथ्र्यो । तर हाम्रो देशमा विज्ञान शिक्षाको अवस्था कमजोर छ, विज्ञानको महत्वबारे बुझाई कम छ ।
हामीले विज्ञान अमूर्त विषयका रुपमा मात्रै बुझेका छौं । विज्ञान निरश र जटिल जस्तो देखिएको छ । हामीले गर्ने दैनिक काममा विज्ञानको प्रयोग भइरहेको हुन्छ । मानव जीवन विज्ञानसँग अलग हुन सक्दैन । अहिले हाम्रो चिन्तन पनि वैज्ञानिक हुन थालेको छ ।
विज्ञान प्रमाणमा आधारित हुन्छ । सूर्यले ताप दिन्छ भन्ने कुरा पनि प्रमाणित गरेर नै भनेको हो । विज्ञान पारदर्शी पनि हुन्छ, यो विश्वव्यापी हुन्छ । कहिले पनि लोकतान्त्रिक विज्ञान, जनवादी विज्ञान भन्ने हुँदैन ।
विज्ञानले झुठो बोल्दैन, यो सत्यको खोजी हो । हाम्रो देशका नेताहरुले भनेको कत्तिको पुगेको छ ? यदि उनीहरुले पनि वैज्ञानिक ढंगबाट नै सोचेको भए आज यस्तो अवस्था हुँदैनथ्यो ।

केलाई सफल केलाई असफल भन्ने ?

हामीले सफल बन्न लक्ष्य के राख्यौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । मैले स्वयम्भू चढ्छु भन्ने लक्ष्य राखें र त्यो प्राप्त गरें, मैले सगरमाथा चढ्ने लक्ष्य राखें तर टुप्पोदेखि सय मिटर तलबाट फर्केर आएँ भने त्यसलाई असफल मानिन्छ ।
स्वयम्भु चढ्नु भन्दा त सय मिटर तलैबाट फर्किएपनि त्यो पो ठुलो उपलब्धि हो । त्यसैले सफलताको परिभाषा मानिसपिच्छे फरक हुन्छ ।
मेरो लक्ष्य भनेको अध्ययन अध्यापन गर्ने र अनुसन्धान गर्ने रह्यो । त्यसमा म सफल भएँ कि भइन भन्ने हुन्छ । पैसा कमाउनु मेरो लक्ष्य नै भएन । त्यसैले पैसा कमाउनेसँग मेरो तुलना भयो भने त म असफल भएँ ।
व्यक्तिको जीवनको बाटो र लक्ष्य के हो त्यसैले नै उसको सफलता निर्धारण गर्न र लक्ष्य अनुसार नै सफलता प्राप्त हुन्छ । सफल बन्नलाई डाक्टर बन्नैपर्छ भन्ने होइन । सफल व्यक्ति त्यो हो जो आफूले निर्धारण गरेको लक्ष्य भेट्टाउन इमान्दारीपूर्वक काम गर्छ ।

मान्छेले आफ्नो लक्ष्य आफैं देख्छ

मान्छेले आफ्नो लक्ष्य आफै देख्छ, उ लक्ष्यविहीन हुँदैन । जीवनको निश्चित विन्दुमा पुगेपछि मान्छेले लक्ष्य आफैं सोच्न थाल्छ । लक्ष्य प्राप्तिका लागि मानिसले संघर्ष गर्नुपर्छ ।
कतिपय अवस्थामा प्रयास गर्दागर्दै पनि मानिसले लक्ष्य नभेट्टाउन सक्छ । कर्म नगरी लक्ष्यमा पुगिदैन । लक्ष्य हासिल गर्नु ठुलो होइन तर लक्ष्य हासिल गर्न के प्रयास गर्‍यो त्यो चाँही ठुलो हो ।
मैले छोराछोरीलाई कहिल्यै डिस्टिङ्सन ल्याउ भनिन । सक्दो मेहनत गर र राम्रोसँग बुझ भनेँ । ट्राइ योर बेस्ट फरगेट द रेस्ट । कोशिस नगरी लक्ष्यमा पुग्ने त सम्भावना छैन ।
जीवन भनेको एउटा यात्रा नै हो । गन्तव्य निर्धारण भएपछि मात्रै यात्रा तय हुन्छ । कतिपय अवस्थामा अरुको सरसल्लाहले पनि प्रभाव पार्न सक्छ । हामी हाम्रा छोरा छोरीलाई आफ्नो इच्छाअनुसारको बाटोमा हिडाउन चाहन्छौं ।
आफूले पुरा गर्न नसकेको सपना छोरोछोरीले पुरा गर्दियोस भन्ने चाहना हुन्छ । आफू डाक्टर बन्न सकेन भने छोरालाई डाक्टर बनाउन खोज्छ । तर यो गलत छ । यो त लुम्बिनी जान चाहेको यात्रुलाई मुक्तिनाथ जाउ भन्नु जस्तै हो ।
कहिलेकाहीँ सल्लाह राम्रो हुनसक्ला तर सधैं सोचेजस्तो हुँदैन । हामी छोराछोरीलाई थोरै गाइड गर्न सक्छौं तर डिक्टेट भने गर्न हुँदैन । ठिक निर्णयका लागि सूचना गर्नु आवश्यक हुन्छ तर त्यहि कुरा इम्पोज गर्न भने हुँदैन ।
कहिलेकाँही छोरालाई डाक्टर बन् भनेर इम्पोज गर्दा छोरो डाक्टर बन्न सकेन भने त्यतिखेर बाबु पनि छोरा पनि दुवै जनामा निराशा उत्पन्न हुन्छ । त्यसैले हामीले वैज्ञानिक सोच राख्नुपर्छ । स्रोत:-उज्यालो ९० नेटवर्क

0 comments

Post a Comment