नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 15, 2013

यौन शोषणमा परेका ११ पूर्वकम्लरी आमा बने

निमुसंगम घर्ती
१ असार, दाङ । कम्लरी बस्दा मालिकबाटै यौन शोषणमा परेका ११ जना पूर्व कम्लरीहरु कुमारी आमा बनेका छन् । मालिकबाटै यौन शोषणमा परेर जन्मिएका बालकालिकाहरुको स्याहार-सुसार, पठनपाठनमा समस्या देखिएको छ । आमाहरु बिहे गरेर गएपछि बच्चाहरुलाई समस्या परेको पूर्वकम्लरीहरुको संस्था मुक्त कम्लरी विकास मञ्चले बताएको छ ।
‘कति बिहे गरेर गए, कति अहिले पनि त्यही बच्चा हेरेर बसिरहेका छन्’- मञ्चका कार्यक्रम सहसंयोजक पूर्णप्रसाद चौधरीले भन्नुभयो- ‘उनीहरुका बालबालिकाको भविष्य अन्यौलमा छ ।’
चौधरीका अनुसार पश्चिम नेपालका ६ जिल्लामा ५ हजार १ सय ७० मुक्त कम्लरी रहेका छन् । जसमा ११ जना आमा बनेका छन् भने २८ जना यौन शोषणमा परेका छन् । ५ जनाको हत्या भएको छ भने २७ जना काम गर्दैगर्दा बेपत्ता भएका छन् । दाङमा मात्रै तीनजनाको रहस्यमय तरिकाले मृत्युभएको छ, पाँचजना कुमारी आमा बनेका छन्, तीनजनालाई बेपत्ता पारिएको छ ।बच्चाहरुलाई हुर्काउन, पढाउन र बढाउन समस्या भएको दाङ पवननगरकी एक पूर्वकम्लरीले बताइन् । ‘अहिले छोरा ६ वर्षको भएको छ, उसका बारेमा केही हेर्नुभएको छैन, एकपटक समेत आउनुभएको छैन’- उनले भनिन् । उनलाईर् गर्भवती बनाउने व्यक्ति दाङ निवासी सरकारी अधिकृत हुन् । उनी अहिले जिल्लाबाहिर छन् । ‘म कम्लरी बस्दा घरमालिकको यौन सम्पर्कबाट जन्मिएको ६ वर्षको छोरा छ, जन्म दर्ता गरेको छैन । विद्यालयमा पढाउन समस्या छ’- उनले भनिन् – ‘म छोराको भविष्यको बारेमा चिन्तामा छु । लालनपालनको समस्या छ, कसरी हुर्काउने र कसरी पढाउने ?’
जिल्लामा यस्ता कुमारी आमाहरु तीनजना रहेका छन् । सबैको कथा र व्यथा एउटै छ । यी मध्ये कसैलाई पनि मालिकले सहयोग गरेका छैनन् । यद्यपि उनलाई भने सुत्केरी खर्च भनेर अधिकारकर्मीको पहलमा ती सरकारी अधिकारीले डेढ लाख रुपैयाँ दिएका थिए ।लामो समयसम्म अर्काको घरमा कम्लरी बसेका युवतीहरुले त्यति बेलाको पीडा अहिले पनि भोगिरहेका छन् । पश्चिम नेपालका तराईका ६ जिल्लाका पूर्वकम्लरीले त्यसको पीडा भोगिरहेको बताएका छन् । विभिन्न शोषणमा परेका पूर्वकम्लरीहरुले आफनो पीडा अहिले बढ्दै गएको बताएका छन् । केही घटना भने आर्थिक लेनदेनमा मिल्ने गरेका छन् । केही पैसा दिएर घटना बाहिर नल्याउन दबाब दिने गरेको उनीहरुले बताएका छन् ।

0 comments

Post a Comment