
काठमाण्डौ, जेष्ठ २४, भारतमा एक अमेरिकी पर्यटकलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीन जना नेपाली नागरिकहरू पक्राउ परेका छन् ।
भारतीय सञ्चार माध्ययमहरूले जनाए अनुसार हिमाञ्चल प्रदेशमा गत मंगलबार एक अमेरिकी पर्यटक माथि सामूहिक बलात्कार भएको थियो । यस अभियोगमा तीन जना नेपाली ट्रक ड्राइभरहरू पक्राउ परेका छन । यी नेपाली नागरिकहरू भएपनि लामो समयदेखि हिमाञ्चल प्रदेशमा बस्दै आएको कुरा प्रहरीलाइ उद्धृत गर्दै मिडियाहरूले जनाएका छन ।
प्रहरीका अनुसार यस अभियोगमा पक्राउ पर्नेहरुमा अर्जुन, लक्की र सोमबहादुर नाम गरेका नेपालीहरू रहेका छन । उनीहरुलाई बिहीवार छुट्टा छुट्टै ठाउँहरूबाट पक्राउ गरिएको बताइएको ।
यी तीन जनाले एक रिसोर्टमा जान लागेकी ३० बषीया ती अमेरिकी पर्यटकले रातको समयमा ट्याक्सी नपाएपछि ट्रकमा लिफ्ट दिएका थिए । उनीहरूले ती महिलालाइ अन्यत्रै लगेर सामूहिक बलात्कार गरेका थिए । यसका सँगै उनीहरूले लुटपाट समेत गरेको बताइएको छ ।
प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ
0 comments
Post a Comment