
जोसमा होस नपुर्याउँदा भयानक दुर्घटना हुनसक्छ । हालै मेक्सिकोमा यस्तै भएको एउटा
पुल पार्टीमा । युवा युवतीहरु गीत संगीतका साथ पुल पार्टीमा रमाइरहेका थिए ।
कोलाहलयुक्त गीत संगीतले नपुगेपछि थप रमाइलो गर्न र माहोललाई धुँवादार बनाउन पानीमा
नाइट्रोजन हाले । तर, पानीमा नाइट्रोजन हालेपछि एक युवती कोमामा छिन् भने ८ जनालाई
अस्पताल भर्ना गरिएको छ । घटना मक्सिकोमा लिओनमा भएको हो । पुल पार्टीमा युवा
युवतीहरु रमाइरलेका बेला चार बाटा झोल नाइट्रोजन हालिएको थियो । नाइट्रोजन पानीको
सम्पर्कमा पुग्नासाथ पौडिरहेका युवा युवतीहरु हेर्दा हेर्दै लत्र्याकलुत्रुक परे र
पानीमै लडे ।
साथीहरुले हतार हतार अस्पताल पुर्याएका कारण मानवीय क्षति भने नभएको बताइएको छ ।
घटनाबारे अधिकारीहरुले छानविन थालेका छन् । पार्टीमा झण्डै २ सय युवा युवती
रमाइरहेका थिए ।
0 comments
Post a Comment