नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 3, 2013

किन भैरहेको छ बिमान बढी दुर्घटना ?

 काठमाडौं – जेठ ३ : नेपाल वायुसेवा निगमको जहाज जोमसोममा दुर्घटना जेठ १३ : गोमा
एयरको जहाज सिमिकोटमा दुर्घटनाजेठ १८ : सीता एयरको जहाज सिमिकोटमा दुर्घटनायी
तीनवटै दुर्घटनामा केही समानता छन्। तीमध्ये प्रमुख र महत्वपूर्ण विषय के हो भने
जहाज उडाएका तीनैजना पाइलट (क्याप्टेन/कमान्डर) को यो कम्तीमा दोस्रो दुर्घटना हो।
भाग्यवश तीनै दुर्घटनामा मानवीय क्षति भने भएन। कुनै दुर्घटना भने पाइलटको
‘जबर्जस्ती’ ले भएका हुन्।

तर, सँगसँगै अर्को गम्भीर विषय पनि अगाडि आएको छ, १६ दिनभित्र तीन दुर्घटना। उड्डयन
विज्ञहरूका अनुसार यति छोटो समयमा तीन हवाई दुर्घटना सम्भवतः नेपालको उड्डयन
इतिहासमै पहिलो पटक भएको हो।
 तीनवटै दुर्घटनामा परेका क्याप्टेनहरू त्यसअघि कम्तीमा एकपटक दुर्घटनामा परिसकेका
छन्। मुस्ताङको जोमसोममा जेठ ३ गते भएको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनाका
क्याप्टेन दीपेन्द्र प्रधानको त यो चौथो दुर्घटना थियो। केही वर्षअघि लुक्लाबाट
काठमाडौं आउँदा को–पाइलट बस्ने सिटमा एयर होस्टेसलाई ल्याएपछि प्रधानलाई एक वर्ष
उडान गर्न निषेध गरिएको थियो।
 जेठ १३ गते हुम्लाको सिमिकोटमा भएको गोमा एयर दुर्घटनाका क्याप्टेन रवीन्द्र
रोकायाको यो दोस्रो दुर्घटना थियो। त्यस्तै सिमिकोटमै जेठ १८ गते शनिबार भएको सीता
एयर दुर्घटनाका क्याप्टेन किरण भट्टराईको पनि यो दोस्रै दुर्घटना थियो। यी सबै
तथ्यले के देखाउँछ भने नेपालको उड्डयन सुरक्षामा गम्भीर लापरबाही भइरहेको छ।

हुम्ला विमानस्थल स्रोतका अनुसार धावनमार्गमा कुहिरो लागेका बेला चालकदलले जहाजलाई
छोटो दूरीमा बढी घुमाएर ‘जबर्जस्ती’ अवतरण गराउँदा सीताको जहाज दुर्घटना भएको थियो।
पाइलटहरूले जबर्जस्ती गर्छन् भन्ने पछिल्लो उदाहरणका लागि निगमको एउटा टि्वनअटर
जहाज एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को अनुमतिबिना सोलुखुम्बुको लुक्लामा अवतरण
गरेको घटनालाई लिन सकिन्छ।
 जेठ १ गते बिहान मौसम खराब भएर विमानस्थल बन्द गरिएका बेला निगमका प्रशिक्षक पाइलट
इच्छाराज गुरुङ र क्याप्टेन योगेश हिराचनले जबर्जस्ती लुक्लामा जहाज अवतरण गराएका
थिए। अहिले यी दुवैलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिना
उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड’ गरेको छ।
 पटक–पटक दुर्घटनामा पर्ने, अनि प्राधिकरणले केही समय ग्राउन्डेड गर्नेजस्ता
सामान्यबाहेक थप कारबाही हुने नगरेको विज्ञहरूको भनाइ छ। आखिर किन पाइलटहरूले
‘जबर्जस्ती’ गर्छन् त?
 डेढ दशकदेखि निजी कम्पनीको जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेन भने पाइलटले
कहिल्यै पनि जबर्जस्ती नगर्ने दाबी गर्छन्। ‘जबर्जस्ती गर्नेभन्दा पनि त्यसो गर्न
दिने कारक तत्व के हो, त्यो पत्ता लगाउनु आवश्यक छ,’ उनले भने, ‘पाइलटलाई जबर्जस्ती
उडान–अवतरणमा प्रेरित गर्न वायुसेवा कम्पनी, टिकट बुक गरेका ट्राभल एजेन्सी,
पारिवारिक वा पैसाको समस्या जे पनि हुनसक्छन्।’
 जहाज उडान–अवतरणमा वायुसेवा कम्पनीको ‘दबाब’ केही हदसम्म स्वीकार्य हुने उनले
बताए। ‘सुरक्षामात्रै भन्न थाल्यो भने पनि वायुसेवा कम्पनी बन्द हुन्छ, अनि जथाभावी
उडाएर दुर्घटना हुँदा पनि कम्पनी बन्द हुन्छ,’ उनले भने, ‘दुवैको सामन्जस्य
मिलाउँदै जानुपर्छ, नत्र गाह्रो हुन्छ।’
 खराब मौसमका बेला सफल अवतरण गरेका पाइलटलाई कम्पनीले प्रवर्द्धन गर्ने गरेको उनको
अनुभव छ। तर, विदेशमा त्यसो गरे पाइलटलाई कडा कारबाही हुने उनले जानकारी दिए। कुनै
पाइलटले ‘म जसरी पनि अवतरण गराइदिन्छु’ भन्नुलाई उनी मानवीय स्वभाव भन्छन्। पाइलट
पेसामा पनि ‘इगो प्रोब्लम’ हुने उनको भनाइ छ।

‘जहाज उडिरहेका बेला एक निमेषमै निर्णय गर्नुपर्छ, त्यसबेलाको समय, अवस्था र सँगै
रहने सहयोगी पाइलटको सल्लाहमा जहाज कता लाने भन्ने भर पर्छ,’ ती पाइलटले भने,
‘सरकारी नीति नियम कडा नहुँदा पनि दुर्घटना दर बढिरहेको छ। मुलुकमा धेरै हवाई
दुर्घटना भए र सयौंले ज्यान गुमाए तर, घटनाका दोषीलाई जेल हाल्नेसम्मको कारबाही त
हुनुपर्योु नि!’
 उनका अनुसार उड्नुअघि पाइलटका लागि ‘बिरामी, औषधी सेवन, तनाव, मदिरा सेवन, थकान र
उत्तेजना’ मध्ये कुनै एक छ भने उसले जहाज उडाउनु हुँदैन। जहाज वा मौसममा समस्या भए
‘आफ्नै जोखिममा अवतरण गर’ भन्ने सूत्र पनि हुन्छ। दुर्घटना भएपछि पाइलटलाई दोष दिने
होइन, सम्बद्ध वायुसेवा कम्पनीलाई कारबाही गर्नुपर्छ।
 अर्को निजी कम्पनीका एक क्याप्टेनले प्राधिकणले उडान सुरक्षामा ध्यान नदिएको आरोप
लगाए। दुई साताभित्र तीन दुर्घटना भए पनि भविष्यमा घटना हुन नदिन सचेत हुनुपर्ने र
यसका लागि नियम कडारूपमा पालन हुनुपर्ने उनले बताए। ‘उड्डयन सुरक्षामा खतराको घन्टी
बजिसकेको छ,’ उनले भने।
 वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा पनि जबर्जस्ती गर्नुपर्ने कारण पत्ता
लगाउनतिर लाग्नुपर्नेमै जोड दिन्छन्। ‘पाइलट, वायुसेवा, व्यवस्थापन वा यात्रु कसले
जबर्जस्ती गरेको हो, त्यो खोज्नुपर्योम,’ २५ वर्षदेखि टि्वनअटर र १० वर्षदेखि बोइङ
उडाइरहेका उनले आइतबार नागरिकसँग भने, ‘पाइलटले आफैं जबर्जस्ती गर्दैन, उसका पनि
परिवार हुन्छन्। यदि हो भने उसलाई मात्र होइन, वायुसेवा कम्पनी, इन्जिनियर सबैलाई
कारबाही हुनुपर्छ।’
 बदमासी गर्ने पाइलटलाई प्राधिकरणले भेदभाव नगरी कारबाही गरेमात्र ‘जबर्जस्ती’
भन्ने हट्न सक्ने उनले बताए। ‘नियम मिचेर उडान गरेको प्रमाणित भए पाइलटलाई कडाभन्दा
कडा कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यदि नियम मिच्न लगाउने वायुसेवा कम्पनी हो भने
प्राधिकरणले उसको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) खोस्नुपर्छ। नजिर
त बसाउनुपर्योस नि! कसैको जीवनसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन।’

लामाका अनुसार प्राधिकरण सञ्चालक समितिमा वायुसेवा कम्पनीको प्रतिनिधित्व हुनु
हुँदैन। त्यसले गम्भीर प्रभाव पर्छ। प्राधिकरणका पाइलटलाई निजी कम्पनीका जहाज उडाउन
दिनुहुन्न। प्राधिकरणमा पनि केही कमजोरी छन्। राजनीतिकरण बढी छ। दुर्घटना छानविन
प्रतिवेदनका सुझाव कार्यान्वयनमा आउनुपर्छ। तबमात्र दुर्घटना कम गर्न सकिन्छ।
 गत वर्ष प्राधिकरणका पाइलट प्रभुशरण पाठकले अग्नि एयरको जहाज पोखराबाट जोमसोम
लैजाँदा दुर्घटना भएको थियो। जोमसोम टावरले अवतरण गर्न हुन्छ भन्दाभन्दै लगभग
धावनमार्ग छोइसकेको जहाजमा ‘खराबी’ आएको भन्दै पाठकले जहाज उकासेका थिए। उता
पोखरामा उनलाई बुवा–आमा खाना खान कुरिरहेका थिए। ‘त्यही चिन्ताले उनी पोखरा फर्कन
खोजे तर अगाडिको डाँडोमा ठोक्किँदा उनीसहित १५ जनाको मृत्यु भयो,’ एक उड्डयन
विज्ञले भने, ‘पाठकलाई पारिवारिक दबाब नभएको भए सायद दुर्घटना टर्थ्यो।’
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ एटिसीले पाइलटको निर्णय नै अन्तिम
हुने भएकाले एटिसीको गल्ती नहुने दाबी गरे। जहाज नउडाएर केही हुन्नँ तर उडाएर
दुर्घटना हुँदा कम्पनीको प्रतिष्ठामा आँच आउने उनको भनाइ छ। ‘प्राधिकरणको पनि
कमजोरी हुन सक्छ, सुधार गर्दै लानुपर्छ,’ उनले भने।
 प्राधिकरणअन्तर्गतको हवाइउड्डयन सुरक्षा विभागका प्रमुख भेषराज सुवेदीले पछिल्लो
दुर्घटनाप्रति आफूहरू गम्भीर भएको बताए। ‘दुर्घटनाका कारण पत्ता लगाउँछौं र कसरी
सचेत हुने अनि दुर्घटना कम हुने भन्ने निष्कर्ष निकाल्छौं,’ उनले भने, ‘यसका लागि
वायुसेवाका प्रवर्द्धक, पाइलट, इन्जिनियर सबैसँग छलफल गरिरहेका छौं।’ वायुसेवा
कम्पनी, प्राधिकरण र जहाज निर्माता कम्पनीबीच सामन्जस्य भएमात्र उडान सुरक्षा
राम्रो हुने उनले बताए।




0 comments

Post a Comment