नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 6, 2013

यूरोपमा पनि नेपाली महिला सास्तीमै

शारदा देवकोटार/उज्यालो । काठमाडौं – बैदेशिक रोजगारीमा जाने नेपाली महिलाले भोग्ने भुक्तमानको कुरा आउने बित्तिकै धेरैले खाडीका मुलुकलाई सम्झिन्छन् ।
हुन पनि अहिलेसम्मका सार्वजनिक भएका धेरैजसो घटना र तिनका पात्र त्यतै वरीपरिका छन् ।
तर बैदेशिक रोजगारीमा नेपाली महिला जाने क्रम बढेसँगै समस्या पनि फराकिलो भएका छन् । योसँगै फैलिदो छ – नेपाली चेलीले सास्ती पाउने क्षेत्रको सिमाना पनि !
यूरोप र अमेरिका नेपाली युवाको सपनाको संसार । झट्ट सुन्दा धेरैलाई बिश्वास गर्न पनि मुस्किल पर्छ । तर धेरैको सपनाको संसार ठानिएको मूलूक यूरोपको एउटा देश जर्मनीमा धेरै नेपाली चेली संकटमा परिरहेका छन् । यसका बारेमा अहिलेसम्म त्यति धेरै बहस र छलफल समेत भएको छैन ।  
युरोपेली मूलूक जर्मनी ! जहाँ अउ पेयर (घरेलु कामदार) मा काम गर्न गएका दर्जनौ नेपाली युवतीका सास्तीले अहिले खाडीमा नेपाली महिलाले पाएको सास्तीलाई विर्साउँदै छन् । जर्मनीमा पुगेका केही नेपालीको सामाजिक सकृयता बढेसँगै यस्ता घटना सार्वजनिक हुन थालेका छन् । जर्मन पुगेका केही युवाले सामाजिक सञ्जाल मार्फत यस्ता मुद्धा उठाउन थालेका हुन् ।
सास्तीका केही नमूना

नमूना १
यशोदा बस्नेत (नाम परिवर्तन) सुनौलो भविष्यको खोजिमा हुनुहुन्थ्यो । उहाँको अघिल्तिर जर्मनीमा अउ पेयरमा काम गर्न जाने बाटो फेला पर्यो । काठमाण्डु  पुतलीसडकमा रहेको एक कन्सलटेन्सी मार्फत उहाँको प्रकृया अघि बढ्यो । अउ पेयर एक निःशुल्क भिषा हो भन्ने थाहा समेत नपाएकी यशोदालाई कन्सलटेन्सीले शुरुमै ठग्यो । अउ पेयरको बारेमा बढाइ चढाइ गरी मख्ख पारेर दुई लाख रुपैया असुल्यो ।
यतिञ्जेलसम्म यशोदाका लागि यशोदा जर्मनीमा गर्नुपर्ने काम भन्दा पनि मनमा केवल यूरोप जस्तो देशमा पुगेपछि सुखै सुखको कल्पना मात्रै थियो । योजना बुन्नुभयो  “केही समय त्यहाँको भाषा सँस्कृती सिक्छु अनी पढ्छु र काम गर्छु ।” ३– ४ महिनाको प्रकृयापछि भिषा लागेर जर्मनी पुग्दा यशोदाको खुसीको सीमानै थिएन, सामाजिक सञ्जालमार्फत उज्यालोअनलाइनको सम्पर्कमा आएकी यशोदा उतिखेरको दिन सम्झँदै भन्नुहुन्छ “जर्मनी पुगेपछि मैले संसारनै जिते जस्तो लाग्यो ।”
तर, विडम्बना जे सोचेर यशोदा जर्मनी पुग्नु भयो परिणाम ठ्याक्कै उल्टो निस्क्यो । सुरुका दिनमा घरेलु कामका लागि बोलाएको परिवारले केही राम्रो गरेपनि त्यस पछिका दिनहरुमा, बाबु समानको त्यहि घर मालिकको कुदृष्टि पर्‍यो उहाँमाथी । उसको प्रस्ताव नमान्दा खान नदिने, घर बाहिर निस्कन नदिई महिनौसम्म एउटै कोठामा थुनेर राख्ने, विरामी पर्दा अस्पताल लगेर उपचार नगराउने जस्ता यातना बाहेक यशोदाको भागमा केही परेन ।
अउ पेयरको सम्झौता पत्रमा लेखिएको कुरा ठ्याक्कै उल्टो सावित भएको यशोदाको गुनासो छ । ज्यादती धेरै भएपछि आफुलाई पठाउने कन्सल्टेन्सीलाई सम्पर्क गर्नुभयो, तर हात लाग्यो शुन्य । सुनौलो सपना सहित यूरोप पुगेकी यशोदाको सपना त कता छुट्यो उहाँलाई नै थाह छैन, अहिले उहाँ साथिभाइको शरणमा हुनुहुन्छ ।
नमूना २
अउ पेयर भिषामै जर्मनी पुगेकी नमुना कार्की (नाम परवर्तन) को कथा पनि कम हृदयविदारक छैन । उज्वल भविष्यको सपना बोकेर अउ पेयरमा जर्मनी जान भनी कन्सलटेन्सी पुगेकी नमुनालाई कन्सलटेन्सीले ३ लाख ५० हजार ठगिदियो । त्यसपछि प्रकृया पुरा गरी जर्मनी त पुग्नु भयो, तर न भने जस्तो न सोचे ! खाना समेत नपाएर भोक भोकैै भएपछि त्यस अघिनै जर्मनी पुगेका केही नेपालीको सहयोगमा अर्को परिवारमा घरेलु काम गर्ने गरी उहाँ सर्नु भएको छ ।
नमूना ३
जर्मनीकै कोल्नमा पुगेकी समिक्षा वाइवा (नाम परिवर्तन) को कथा पनि यशोदा र नमुनाको भन्दा खासै फरक छैन । एउटा परिवारमा कुकुर हेर्ने कामका लागि अउ पेयर भिषामा जर्मनी पुगेकी समिक्षालाई ६८ वर्षिय होस्ट बाबुले पटक पटक जर्वजस्तीको प्रयास गरेपछि केही नेपाली साथीकोमा शरण लिनुपर्ने वाध्यता परेको छ अहिले ।
यसरी हुन्छ सास्ती सुरु

माथिका तीनजना युवती त उदाहरण मात्रै हुन । जर्मनीमा अउ पेयरमा काम गर्न गएका अरु धेरै युवती एक त नेपालका कन्सलटेन्सीबाट ठगिएक छन् भनें अर्को जर्मनी पुगेपछि होस्ट फ्यामिलीबाट पनि शोषित छन् । जर्मनीको कानुन अनुसार अउ पेयर भएर जानेहरुले एक पैसा पनि तिर्न पर्दैन र तिर्नै पर्ने अवस्था भएपनि होस्ट फ्यामिली अर्थात घरायसी कामका लागि बोलाउने परिवारले नै तिर्नुपर्छ । अउ पेयरमा जान चाहनेहरुले इन्टरनेट मार्फत होस्ट फ्यामिली खोजेर जान सक्छन् र बाँकी प्रकृया जर्मनीमै रहेको एजेन्सीले गरिदिन्छ ।
तर, इन्टरनेटमा हेरेर होस्ट फ्यामिली खोज्न नसक्नेहरुका लागि नेपालमा कन्सलटेन्सीका नाममा खुलेका संस्थाहरुले प्रति व्यक्ति डेढ लाखदेखि ३ लाख रुपैंयासम्म असुल्ने गरेका छन् । यसरी मोटो रकम लिएर अउ पेयरमा पठाउने नेपालका कन्सलटेन्सीहरुको सूचि लामै छ । यी कन्सलटेन्सीहरुले पहिला जर्मन भाषा सिक्नु पर्ने भन्दै दवाव दिन्छन् । अनी भाषा सिक्न जाने महिला बिद्यार्थीको पासपोर्ट राख्छन् । त्यसपछि भिषा लगाईने प्रलोभन देखाएर मोटो रकम असुल्ने खेल शुरु हुन्छ ।
जर्मनीमै अउ पेयरमै काम गरिरहेकी म्युजिका खड्का भन्नुहुन्छ “अउ पेयरमा पठाउने कन्सलटेन्सीहरुले गतिलो होस्ट फ्यामिली नखोजिदिदाँ त्यस्तो भिषामा जाने युवतीहरु अनेक खाले समस्या भोग्न बाध्य भएका हुन् ।”
विद्याबारिधि गरिरहेका नेपाली विद्यार्थी तथा नेपाली लोकतान्त्रिक मञ्च जर्मनीका अध्यक्ष नवराज रोस्यारा उचित नियमन नहुँदा समस्या गहिरिदैँ गएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ “सरकारले खाडी मुलुकमा घरेलु कामदारका लागि जाने महिलाका लागि ३० वर्षको उमेर हदवन्दी जस्ता नियम कानुन बनाएपनि जर्मनीमा अउ पेयरमा आउनेहरुका लागि कुनै पनि कानुन नबनाउँदा यसरी युवतीहरु ठगिने गरेका हुन् ।”
अउ पेयरको समस्याबारे जनचेतना फैलाउने उद्देश्यले सामाजिक सञ्जाल फेसबुकमा इजि पाथ टु जर्मनी नामको समुह बनाएर अभियान चलाइरहेका रोस्याराका अनुसार अउ पेयरमा गएर समस्यामा परेका दर्जनौ युवतीले बिलौना गरेका छन ।
अउ पेयरमा गएका युवतीले घरायसी काममा सघाईदिए वापत काम लगाउने परिवारले सम्मानपूर्वक निःशुल्क खानेबस्ने व्यवस्था सहित उनीहरुको इन्सोरेन्स गर्नुपर्छ । साथै जर्मन भाषा पनि सिकाउनु पर्छ । तर, यी कुनै पनि सुविधा नपाएको धेरैजसो युवतीको गुनासो छ ।
यसरी अउ पेयरमा गएका युवतीले राम्रो परिवारमा परे ७ सय युरोसम्म पकेट खर्च पाउँछन ।
तर अधिकांश युवतीले पाउने भनेको २ सय ६० युरो मात्रै हो । यसरी अउ पेयरमा गएर समस्यामा परेका युवतीहरुले नेपाली समुदायबाट पनि खासै सहयोग नपाएको खड्काको गुनासो छ ।
अउ पेयरमा गएका युवतीहरु शोषणमा परेको बारे जिज्ञासा राख्दा एनआरएन जर्मनीका अध्यक्ष पुष्प थापा यसबारेमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । तर यदि कोही त्यस्तो समस्यामा परेको भए जर्मनीमा कानुन कडा भएकाले कारबाही हुने उहाँको भनाई छ ।
के हो अउ पेयर ?

अउ पेयरको शाव्दिक अर्थ लेनदेन वरावरीमा भन्ने हुन्छ । अउपेयर अर्थात काम गर्ने व्यक्ति र काम दिने परिवार, जसलाई होस्ट फ्यामिली पनि भनिन्छ । यी दुई पक्ष वीचको लेनदेन वरावरीको हैसियतमा हुन्छ । त्यसैले अउ पेयर भएर आएको व्यक्तिलाई होस्ट फ्यामीलीको नेपाली हजुरआमा वा पुरुष भए नेपाली हजुरबा भनेर परिभाषित गर्दा फरक नपर्ला ।
किनभने घरायसी काममा अउ पेयरले सहयोग पुर्‍याए वापत होस्ट प्mयामिलीले उसलाई परिवारका अन्य सदस्य सरह मान सम्मान दिने मात्र होइन्,  खान, सुत्न र विरामी पर्दा औषधी उपचार समेत गराउनु पर्दछ । सप्ताहन्तमा अउ पेयरलाई बाहिर यता उता घुम्न पकेट खर्च समेत दिनु पर्दछ ।
अउ पेयरले अर्काको देशमा गएर नेपालका प्रायः हजुर आमाहरुले गर्ने काम अर्थात ससाना वच्चाहरुको रेखदेख र परिवारको लागि खाना बनाउने देखि लिएर अन्य ससाना घरायसी काममा सहयोग पुर्याउने युवा युवतीहरु भन्ने बुझिन्छ । जर्मनीको नियम अनुसार १८ देखि २५ वर्षसम्मका युवा युवतीहरु अउ पेयर भएर जान पाउँछन । अउ पेयरमा जानेहरुले प्रायः एक वर्षसम्म मात्रै त्यस्तो काम गर्न पाउँछन ।

0 comments

Post a Comment