४ असार, काठमाडौं । पैसा तिरेर १८ वर्षभन्दा कम उमेरको वेश्यासँग यौन सम्बन्ध राखेको आरोपमा फ्रान्सका दुई फुटबलरमाथि छानविन सुरु भएको छ ।
बार्यन म्युनिखका फ्राङ्क रिवेरी र रियल मडि्रडका करिम बेन्जिममाथि जाहिया देहारसँग शारीरिक सम्बन्ध राखेको आरोप लागेको हो । छानविनका क्रममा उनीहरु दुबै परीक्षणका लागि परिस जाने बीबीसीले जनाएको छ ।
दुबै फुटबलरले आरोप अस्वीकार गरेका छन् । फ्रान्सेली कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको युवतीसँग शारीरिक सम्बन्ध राख्नु गैरकानूनी हुन्छ र यसमा ३ वर्षए जेल र ४५ हजार यूरो जरिवाना लाग्छ । अन्य ६ जनामाथि पनि २०१० मा दक्षिण अफि्रकामा भएको विश्वकप अघि कानून तोडेको आरोप लागेको छ ।
सन् २०१० मा रिबेरी र बेन्जिमा पेरिसको देह व्यापार क्षेत्रबाट पक्राउ परेका थिए । देहारले भने आफूसँग शारीरिक सम्बन्ध राख्ने क्रममा बेन्जिमा र रिबेरीलाई आफ्नो बास्तविक उमेर थाहा नभएको बताएकी छिन् ।
0 comments
Post a Comment