नवलपरासी, असार ८ – भारतीय स्पेशल टास्क फोर्स (एसटीएफ) ले बिना इजाजत नेपाल पसेर सेखुवानाका दशरथ यादवलाई पक्रेर लगेको विरोधमा स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।
भारतीय प्रहरीले नियम मिचेर भारत लगिएका यादवलाई फिर्ता ल्याउन तथा गाउँमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय बेलाटारीमा धर्ना दिएका हुन् ।
प्रहरीले आफुहरुलाई घटनाको जानकारी नभएको तथा घटना थाहा पाएपछि अनुसन्धान भैरहेको बताएपछि स्थानीयवासी आक्रोशित बनेका थिए ।
प्रहरीले भारतीयहरु कुन बाटो नेपाल भित्रिएको तथा कुन बाटोको प्रयोग गरी यादवलाई भारत लगेको कुरा बताउन नसकेको स्थानीय वासिन्दाले बताएका छन् ।
0 comments
Post a Comment