नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 11, 2013

छोरीलाई नै श्रीमती बनाएर सन्तान प्राप्ति !




२८ जेठ, इटहरी ।नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ। पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ। आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ। तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ।

सुन्दै आङ नै जिरिंग हुने यो घटनाले नेपाली समाज कता जाँदै छ भन्ने प्रश्न पनि उब्जिएको छ। छोरीलाई बाबुले नै बलात्कार गरेको घटना बेला–बेला सार्वजनिक नभएका होइनन्। तर, छोरीलाई नै श्रीमती बनाएर बच्चासमेत जन्माएको यो घटनाले जो कोहीलाई भावविह्वल बनाउँछ। आफ्नै जेठी छोरीलाई सात वर्षअगावै श्रीमती बनाएका शान्तिनगर बरगाछीनिवासी ५१ वर्षीय सौगात साहको कर्तुत उनकै तीन छोरीले सार्वजनिक गरेका हुन्।

जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो। जेठी छोरीबाट जन्मेको बच्चा ६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए। उनीहरूको कुरा सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए। छोरीहरूको उजुरी र बयानलगत्तै प्रहरीले सौगातलाई पक्राउ गरेको छ। उनलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ। इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई) गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए।

उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो। सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई लुकाउनुपरेको बयान दिएका थिए। त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले पनि सौगातमाथि प्रश्न नउठाएका होइनन्। उनले र छोरीहरूले समेत सो बच्चालाई भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए। तर, अन्य छोरीहरू पनि असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन्। छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ।

घरमा बस्न असुरक्षित भएको बताएका तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ। सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन्। ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए। घटना बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध उत्रिएका छन्। महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन्।

उनले सैगातलाई कारबाही गर्न सुनसरी जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरू एक भएर हस्ताक्षर अभियानको समेत थालनी गर्न लागेको बताइन्। यस्तै, छिमेकी राधा नेपालले बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन्। उनले सैगातमाथि कानुनी कारबाही नभए सामाजिक रूपमा कडा कारबाही गर्ने चेतावनी दिइन्। यता, आरोपित सौगातले भने छोरीसँग माया गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबी गरेका छन् । उनले सो कुरा बाहिर आए आफूहरूको बदनाम हुने डरले लुकाउँदै आएको दाबीसमेत गरेका छन् । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको बताएकी छन् । उनले इज्जत जाने डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाई गलत कुरा गर्दै आएको बताइन् ।

0 comments

Post a Comment