नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 1, 2013

हात्तीले किन गर्छ मान्छेलाई आक्रमण ?

काठमाडौ, जेठ १८ – नेपालमा वर्षेनी हात्तीको आक्रमणबाट मानिसको जयान जाने गरेको छ ।
मानव वस्ती वरपर आउने हात्तीले आक्रमण गर्दा झापा, बारा, पर्सा, चितवन र बर्दियामा हरेक वर्ष धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् ।
केही समयअघि चितवनमा धु्र्वे हात्तीको आक्रमणबाट माडीमा मानिसको ज्यान गएपछि त्यसलाई मार्नुपर्ने भन्दै स्थानीय वासिन्दा विरोधमै उत्रिए । स्थानीय वासिन्दाको माग अनुसार हात्ती मार्न चितवन राष्ट्रिय निकुञ्जले टोली नै खटाउनुपर्‍यो, भलै हात्ती भने मारिएन ।
जंगली हात्तीको आक्रमणबाट झापामा पनि वर्षेनी जनधनको क्षति हुने गरेको छ । मानिसमाथि आक्रमणमात्र होइन हात्तीले खेती बाली खाइदिने, घर भत्काइदिने गरेर पनि सताइरहेको हुन्छ ।
हात्तीले किन मानिसमाथि आक्रमण गर्छ त ? बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापा भन्नुहुन्छ ‘बासस्थानको अभाव भएपछि मानिसमाथि हात्तीको आक्रमण बढेको हो ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार नेपालमा संख्या बढे अनुसार प्राकृतिक वासस्थान बढ्न सकेको छैन ।
२० वटा मात्र रहन सक्ने बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८० वटा वयश्क हात्ती रहेका छन् । नेपालमा झण्डै दुई सय घुमन्ते र नेपालमा मात्रै बसोबास गर्ने १ सय २५ वटा वयश्क हात्ती रहेको अनुमान गरिएको छ ।
हात्तीले पुस्तैनीदेखि एउटै बाटोको प्रयोग गर्ने र अहिले परम्परागत चलखेल गर्ने क्षेत्रमा अवरोध आएपछि हात्ती र मानिसको दुरी बढ्दै गएको थापाको भनाई छ । नेपालमा चलखेल गर्ने क्षेत्र कम भएपछि नेपालका हात्ती भारत जाने र भारतबाट नेपाल आउने गरेका छन् ।
विद्युतीय तारपनि प्रभावकारी छैनन्
हात्तीबाट हुने मानवीय क्षति कम गर्न प्रयोग गरिने विद्युतीय तार प्रभावकारी हुन सकेको छैन । थापाका अनुसार स्थानीय समुदायले ध्यान नदिएका कारण विद्युतिय तार प्रभावकारी बन्न नसकेको हो ।
संसारका १० प्रतिशत हात्ती पाइने श्रीलंकाले थोरै जंगल क्षेत्रमा पनि विद्युतीय तारले क्षति कम गरेको उहाँको भनाई छ । ‘तर त्यहाँ हात्तीको आक्रमणबाट मान्छे मर्दैनन्, किनभने स्थानीय वासिन्दा जंगली जनावरको आक्रमणबाट कसरी जोगिने भनेर सचेत छन्, हात्ती नियन्त्रण गर्न बनाइएका विद्युतीय तारको संरक्षण उनीहरुले नै गर्छन्’ भर्खरै श्रीलङ्का भ्रमणबाट फर्कनुभएका थापाले भन्नुभयो ।
नेपालमा भने विद्युतीय तार चोरी हुने, स्थानीय समुदायले तारको व्यवस्थापनमा ध्यान नदिने र तारको सरसफाई नहुँदा प्रभावकारी बन्न सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सौर्य उर्जाको प्रयोगगरी तारमा विद्युतीय झट्का प्रभाव गरेर हात्ती नियन्त्रणको प्रयास गरिरहेको छ ।  

0 comments

Post a Comment