नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 3, 2013

अख्तियारले पत्र काटेपछि विनोद चौधरी आतंकित

Binod-Chaudhary

काठमाडौं, असार १९ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक ढंगले सफाई अभियान शुरु गरेपछि अनियमितता र भ्रष्टाचारमा संलग्न धेरैलाई आतंकित बनाएको छ । अख्तियारले अकुत सम्पति आर्जन गरेका सरकारी कर्मचारी तथा अन्यको पहिचान गरी अनुसन्धान गर्ने र कारवाहीको प्रक्रिया अघि बढाउने योजनाबद्ध अभियान सुरु गरेकाले उनीहरुमा यसरी सन्त्रास फैलिएको हो ।
अख्तियारको अभियानबाट अहिले सबभन्दा बढी आतंकित भर्खरै मात्र अर्बपति घोषित विनोद चौधरी भएका छन् । भ्याट छलीको गम्भीर अभियोग लागेका चौधरीमाथि मनि लन्ड्रिङ र विदेशी मुद्रा अपचलनको आरोप छ । चौधरीले नेपालको कानुनविपरित विदेशमा अर्बौं लगानी गरेका छन् भने उनीमाथी दिवंगत राजपरिवारको सम्पति लुकाएको आरोप पनि छ । पूर्वसभासदसमेत रहेका चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पत्र पठाई आफ्नो सम्पतिको सम्पुर्ण विवरण उपलब्ध गराउन भनेको छ । यसरी अख्तियारको पत्र आएपछि चौधरी त्राहीमाम भएका छन् र उनले आफुविरुद्ध कुनै कारवाही प्रक्रिया अघि नबढाउन भनी विभिन्न शक्तिकेन्द्रहरुमा धाउन थालेका छन् ।
बिगतमा पनि चौधरीविरुद्ध भ्याट छलीमा कारवाही हुन लाग्दा अर्थमन्त्री भरतमोहन अधिकारीले त्यस बेला बचाइदिएका थिए । उनको सिजी कम्पनीका विभिन्न उत्पादनहरु विक्री गर्दा नक्कली बिल प्रयोग गरेको कुरा राजश्वले छापा मार्दा पत्ता लागेको थियो । स्मरणीय छ विनोद चौधरी व्यक्तिगत रुपमा सूर्यबहादुर थापासँग निकट भए पनि एमालेका तर्फबाट संविधानसभा सदस्य बनेका थिए ।
लोकमान सिंह कार्की अख्तियार प्रमुख भएमा आफ्ना अनियमितता छोपछाप गर्न मुस्किल हुने भएपछि उनले ठुलो धनराशी खर्च गरी एमालेलाई कार्कीविरुद्ध उभ्याएका थिए । सम्पूर्ण प्रयासका बावजुद कार्की अख्तियारप्रमुख बनेपछि चौधरीलाई आफ्नो अपराध कर्मले ज्यादा सताउन थालेको बताइन्छ । पैसाको बलमा राजनीतिककर्मी तथा प्रशासकहरुलाई प्रयोग गर्दै आएका चौधरीले लोकमानसिंहलाई भने चाहे बमोजिम प्रयोग गर्न सक्ने स्थिति देखिको छैन् । उद्यमी व्यापारीको आवरणमा पञ्चायतकालदेखि बिनोध चौधरीले गर्दै आएको अपराध अब पर्दाफास हुने सम्भावना छ । अख्तियारले सम्पति विवरण प्रस्तुत गर्न गतसाता विनोद चौधरीको नाममा पत्र काटेपछि आत्तिएका चौधरीले अन्तराष्ट्रिय शक्तिकेन्द्र समक्ष समेत गुहार लगाएको बुझिएको आजको घटना र विचार साप्ताहकले खबर छापेको छ ।

0 comments

Post a Comment