
असार १९ – पाकिस्तानमा भएको अमेरिकी ड्रोन आक्रमणमा १८ जनाको ज्यान गएको छ ।
उत्तरी वजिरिस्तानको प्रान्तीय राजधानी मिरानशाहको मुख्य बजार क्षेत्रमा रहेको एउटा घरलाई लक्षित गरी आक्रमण भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
जिओ टिभीका अनुसार मानवरहित अमेरिकी विमानले चार वटा मिसाइल आक्रमण गरेको थियो । स्थानीय अधिकारीहरुले ज्यान गुमाउनेमा धेरैजसो लडाकु समुह हक्कानी नेटवर्कका सदस्य हुनसक्ने बताएका छन् ।
पछिल्लो ड्रोन आक्रमण पाकिस्तानमा नवाज सरिफ प्रधानमन्त्री भएपछिको दोश्रो र यो वर्षकै सबैभन्दा ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तान सरकारले अमेरिकी ड्रोन आक्रमणले देशको सम्प्रभूताको उल्लंघन गरेको भन्दै आलोचना गरेको छ ।
0 comments
Post a Comment