नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 30, 2013

सस्तो मुल्यमा I-Phone आउने

एप्पलको आइफोन बोक्ने रहर कसलाई पो नहोला र ? तर के गर्नु यसको चर्को मूल्यका कारण
धेरैले चाहेर पनि यो बोक्न सकिरहेका छैनन् । एप्पल विश्वको सबैभन्दा मूल्यवान
कम्पनी भएझैँ यसका उत्पादनहरु पनि उत्तिकै महंगा छन् ।

त्यसैले मध्यम तथा निम्नवर्गीय उपभोक्ताका लागि एप्पलका आइफोन, आइप्याड जस्ता
उत्पादनहरु आकाशको फलजस्तै भैरहेका छन् । यहीँ गुनासोलाई सम्बोधन गर्नका लागि
एप्पलले सस्तो मूल्यका आइफोन उत्पादन गर्ने भएको छ ।

यसका लागि एप्पलले आइफोन निर्माणका लागि फक्सकोन कम्पनीसँगको एकल करारलाई अन्त्य
गर्दै पेगाट्रोन कम्पनीलाई समेत आइफोन निर्माणको जिम्मा दिने योजना बनाएको छ ।
पेगाट्रोनले सस्तो मूल्यका आइफोन बनाउनेछ । अहिलेसम्म ताइबानको कम्पनी फक्सकोनले
सबैजसो आइफोन तथा आइप्याड उत्पादन गर्दै आएको छ । तर एप्पलका प्रमुख टिम कुकले
एप्पलका ग्याजेटको

आपूर्ति श्रृंखलालाई विविधिकरण गर्न चाहेको बताइएको छ ।

स्मरण रहोस् ताइपेइमा मुख्यालय रहेको पेगाट्रोनले सन् २०११ मा केही मात्रामा आइफोन
निर्माण गरेको थियो भने गएको वर्ष आइप्याड मिनीको उत्पादन सुरु गरेको थियो । एकल
आपूर्तिकर्ताको विकल्प खोज्न तथा पेगाट्रोनले समेल कम नाफामा आइफोन उत्पादन गर्न
राजी भएका कारण एप्पलले अब उल्लेखनीय मात्रामा आइफोनको निर्माणको जिम्मा
पेगाट्रोनलाई दिने योजना बनाएको

समाचारमा उल्लेख छ ।

पेगाट्रोनले कम लागत तथा कम नाफा लिएर आइफोन निर्माण गरेसँगै बजारमा आउने आइफोनको
मूल्य स्वतः कम हुनेछ र उपभोक्ताले अहिलेको भन्दा सस्तो मूल्यमा आइफोन पाउनेछन् ।
यद्यपि कहिलेदेखि उपभोक्ताको हातमा सस्तो मूल्यका आइफोन पर्छन् ? त्यो भने खुलाइएको
छैन ।

एजेन्सी

0 comments

Post a Comment