नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 21, 2013

उपर कर्णाली भारतलाई दिए संघर्ष गर्ने: केशी


यो परियोजना भारतलाई दिन नहुने भन्दै स्थानीयबासी तथा राजनीतिक दलहरुले विरोध गरिरहेका बेला त्यो अभियानमा थपिनेको संख्या बढ्दो छ । यसै क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माथिल्लो कर्णाली जलविद्युत परियोजना कुनै पनि हालतमा भारतलाई दिन नहुने भन्दै यदि दिएमा त्यसको विरुद्ध संघर्ष गर्ने बताउनुभएको छ । अध्यक्ष केसीले जनमोर्चा नेपालले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘अपरकर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै केसीले उक्त कुरा बताउनुभएको हो । त्यस क्रममा अध्यक्ष केसीले आफूलाई राष्ट्रियताको लागि लडेको भन्ने वामपन्थीहरु नै राष्ट्रघातको पहिलो मोर्चाका भएको आरोप लगाउनुभएको छ । --> अन्तरक्रिया कार्यक्रममा केसीले भारतीय साशक वर्गलाई खुशी पार्न उसका नेपाली दलालहरुले प्राकृतिक साधन स्रोतहरु बुझाउने श्रृंखलाको कडि रुपमा अपर कर्णालीलाई सुम्पन लागेको दाबी गर्नुभयो । सोही कार्यक्रममा नेकपा–माओवादीको सचिव देव गुरुङले सिंगो कर्णाली नदीलाई भारतलाई सुम्पने षड्यन्त्रका साथ अपरकर्णाली परियोजना जिएमआरलाई निर्माण अनुमति दिन लागेको आरोप लगाउनुभयो । सचिव गुरुङले तल्लो तटिय र माथिल्लो तलिय अधिकारका नाममा भारत पूरै कर्णाली नदी कब्जा गर्न लागेको दाबी गर्नुभयो । संसारकै सस्तो भएकाले उक्त परियोजना नेपालले आफै निर्माण गर्नसक्ने भन्दै नेता गुरुङले अहिलकै अवस्थामा भारतलाई दिइएमा आफ्नो पार्टीले हुनै नदिने दाबी गर्नुभयो । सोही कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सदस्य रविन्द्र जेठारा, रत्नसंसार श्रेष्ठ, गोपाल सिवाकोटी ‘चिन्तन’ लगायतका बक्ताहरुले भारतलाई विजुलीभन्दा पनि पानी चाहिएकाले कर्णाली नदी कब्जा अपरकर्णाली परियोजनामा हात हालेको बताउनुभयो । जलस्रोतमा वैदेशिक लगानी भित्र्याएर ऊर्जा संकट घटाउने दावी गरिए पनि अपर कर्णाली परियोजना निर्यतमूखी भएकाले नेपाललाई कुनै पनि फाइदा नहुने दाबी विज्ञहरुको छ ।

0 comments

Post a Comment