नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 22, 2013

नेपालतिर नजिकिँदै गरेको चिनिया रेल

सिगात्छे (तिब्बत) - तिब्बतको राजधानी ल्हासाबाट सिगात्छे र खासा हुँदै नेपाल जोड्ने भनिएको बहुचर्चित रेलको लिक निर्माण धमाधम भइरहेको छ। लिक निर्माण ल्हासाबाट सूरु भएको हो। करिब ८३ किलोमिटर पश्चिम पर्ने क्यूसुईको खरा गाँउसम्म यसको निर्माण कार्य सकिएको छ। बाँकी ठाँउमा धमाधम काम भइरहेको छ।
खरा तिब्बतको राजधानी ल्हासाबाट ८२ दशमलन ३ किलोमिटर टाढा पर्छ। यहाँसम्म रेलको लिंक ओछ्याउने लगाएतका सबै सकिएको छ। यो खण्डको अधिकांश क्षेत्र समथत भू–भागले ओगटेको छ। 
 चीन सरकारले पहिलो चरणमा ०६७ असोज १० गते तिब्बतको राजधानी ल्हासाबाट सिगात्छेसम्मको रेल सेवा सेवा निर्माण कार्य सुरु गरेको थियो। सिगात्छेँबाट नेपाल र तिब्बत सीमा सिन्धुपाल्चोकको तातोपानी र रुसुवाको केरुङ नजिक पर्छन। चीन सरकारले रेललाई नेपालसँगको दक्षिणी सीमा र सिगात्छेँ भन्दा पश्चिम विस्तार गर्ने योजना बनाएको छ। त्यही अनुसार अध्ययन पनि गरिरहेको छ। 
 सिगात्छेसम्मको निर्माण कार्य ०७१ पुसकेा अन्त्यसम्म सक्ने लक्ष्य राखेको छ। सिगात्छेबाट  नेपाल तिब्बत सीमा तातोपानीको मितेरीपुलसम्मको दुरी ३ सय ९२ किलोमिटर छ। सिगात्छेबाट रसुवाको दुरी भने दुई सय ७५ किलोमिटर मात्र छ। 
यो आयोजनामा करिब १ खर्ब ९२ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ। प्रति घण्टा १ सय २० किलोमिटरका दरले गुड्ने यो ल्हासा–सिगात्छेँ रेल सेवाको बीचमा १३ वटा स्टेशन बनाइरहेको छ। तीन स्टेशनबीको दुई औसत २२ दशमलन ५ किलोमिटर छ।
नेपालका राजनीतिक दल, नेता र नेतृत्वमा रहेका व्यक्तिहरुले पटकपटक यस रेल सेवालाई नेपाल तिब्बत सीमासम्म ल्याउन चीन सरकारसँग प्रस्ताव राख्दै आएका छन्। केही नेताले यस रेल मार्गलाई लुम्बिनीसम्म पुर्‍याउनुपर्ने माग राख्दै आएका छन्। यसले चीन, नेपाल र भारतबीचको व्यापारमा समेत सहजता आउने र यसले तिन वटै मुलुकलाई फाइदा पुग्ने बताइएको छ। बिरगंजबाट केरुङ र तातोपानीसम्मको सडक दुरी क्रमशः ३ सय ४० र ३ सय ९३ किलोमिटर छ।
 खरा गाँउदेखि सिगात्छेसम्मको भू–भाग चट्टानै चट्टानका ठूल–ठूला पहाडले बनेको छ। यस खण्डका अधिकांश स्थान सुरुङ मार्फत रेलको लिंक बनाइँदैछ। दुई सय ५३ मध्ये करिब १ सय १५ दशमलव ७ किलोमिटर सुरुङ मार्ग र पुल मात्र छ। सुरुङको निर्माण कार्य लगभग पुरा भइसकेको छ।
'रेल मार्गलाई ब्रह्रमपुत्र नदीको दायाँ–बायाँ किनार हुदै सिगात्छे ल्याइएको छ। पहाडलाई छल्नलाई रेल लिंकलाई धेरै ठाँउमा पुल मार्फत दायाँबायाँ गराइएको छ,' चीन सरकारका सूचना विभागका एक अधिकारीले नागरिकसँग भने। उनका अनुसार ब्रह्रमपुत्र नदीको उदगम स्थल कैलाश मानसरोवर नजिकैको गेमायाङचो हिमाल हो। यो नदि पश्चिमबाट पूर्वतिर बगेको छ।
निर्माण कार्य पूरा नभएको खण्डमा लिकका लागि ठुला पिलरहरु निर्माण गरिएको छ। पिलर र सुरुङ निर्माण कार्य झण्डै सिगात्छेसम्म नै सकिएको छ। पिलर माथि कंक्रिटका खण्ड–खण्डका ब्लक ओछ्याउने र ती ब्लक माथि फलामको लिंक र गिट्टी ओछ्याउने काम धमाधम भइरहेको छ।
यो मार्ग दक्षिण ल्हासा, क्यूसुइ र न्यायमो जिल्ला हुदै सिगात्छेँ ल्याइएको छ। यो मार्ग ल्हासास्थित राष्ट्रिय रेल स्टेशनसँग जोडिन्छ। ल्हासाबाट सांघाई हुँदै बेइजिङ पुग्न रेलबाट झण्डै ४८ घण्टा लाग्छ। ल्हासाबाट पश्चिम क्षेत्रका लागि तीन वटा राजमार्ग निर्माण गरिएको छ। यीमध्ये एउटा दक्षिण हुँदै, दोस्रो मध्य र तेस्रो उत्तरी भेगबाट सिगात्छे ल्याइएको छ। सिगात्छेबाट खासा वा केरुङ कहिले आउँछ? नेपाल र चीनबीचको पहलमा भर पर्छ।










0 comments

Post a Comment