नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 19, 2013

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय बनाउन तीव्र निर्माण


भैरहवा, जेष्ठ ५ - त्रिभुवन विमानस्थलको विकल्पका रूपमा र बुद्धमार्गीको आस्थाको केन्द्र रहेको भैरहवास्थित विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम तीव्र पारेको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणले दुई सय बिघाभन्दा बढी जमिन अधिग्रहण गरिसकेको छ भने पूर्वाधारका काम पनि अघि बढाउन थालेको छ ।
जग्गा अधिग्रहणका लागि आर्थिक सहयोग गरेको एसियाली विकास बैंकसँग पूर्वाधार निर्माणका लागि पनि सहुलियत ऋणको अपेक्षा गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । 'छिट्टै निर्माण कार्य अघि बढाउन एडीबीसँग सकारात्मक छलफल भइरहेको छ,' पर्यटन सचिव सुशील घिमिरेले शुक्रबार आयोजित कार्यक्रममा भने, 'विदेशी राष्ट्र पनि भैरहवासँग सिधै उडान गर्न इच्छुक छन् ।' सोझै उडान हुन सके सबैभन्दा बढी बौद्धमार्गीलाई सजिलो हुनेछ ।
विशेषगरी पूर्वी एसियामा छरिएर रहेका करिव डेढ अर्व बौद्धमार्गीमध्ये झिनो संख्याले मात्र यो विमानस्थलको प्रयोग गरे नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने विज्ञहरूले सुझाउँदै आएका छन् । स्वयं मन्त्रालयले समेत शून्य दशमलव ५ प्रतिशत बौद्धमार्गी बुद्धको जन्मस्थल आए नेपालको पर्यटन आय हजार गुणाले बढ्ने पक्षेपण गर्दै यो विमानस्थललाई प्राथमिकतामा राखेको हो । 'लुम्बिनीलाई अन्य राष्ट्रसँग सिधै हवाई उडान सञ्चालन हुने गरी निर्माण नगरी हामीलाई सुखै छैन,' उनले भने । यो विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन एडीबीसँग सन् २००८ मा ३६ मिलियन डलरको ऋण सम्झौता भएको थियो ।
यसबाट करिब दुई सय बिघा जमिन अधिग्रहण भइसकेको छ । सन् २०१५ सम्म निर्माण सक्ने लक्ष्य लिएकाले मन्त्रालयले यसलाई तीव्र गतिमा अघि बढाउने घिमिरेले जानकारी दिए ।  यो विमानस्थलको धावनमार्गलाई २ हजार ६ सय मिटर लम्बाइबाट ३ हजार मिटर पुर्‍याउने लक्ष्य छ । टर्मिनल भवनलगायतका सम्पूर्ण भौतिक पूर्वाधारको क्षमता वृद्धि गर्न ९९ मिलियन डलर लागत लाग्ने अनुमान मन्त्रालयको छ ।
दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजना प्रमुख मुरारी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापका कारण विमान अवतरण गर्न धेरै बेर आकाशमा पर्खिनुपर्ने, खराब मौसम भएका बेला ठूला विमान अवतरण गर्न नसकिएर दिल्ली लैजानुपर्ने बाध्यता रहेको जानकारी दिँदै विकल्पमा गौतम बुद्ध विमानस्थललाई निर्माण अघि बढाउन थालिएको बताए । उनका अनुसार थप रकमका लागि एसियाली विकास बैंक सकारात्मक छ र मे-जुनसम्म एडीबीले सहमति दिने सम्भावना छ ।




0 comments

Post a Comment