नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 31, 2013

एमाओवादीद्धारा खानेपानी पाइप काटेर नाकाबन्दी-फेरी जंगली ब्यबहार

चौतारा, जेष्ठ १७ - सडक निर्माणमा अवरोध गरेको बदला लिन छिपिगाउँवासीले मुहानकै पाइप काटेपछि तौथली र टेकानपुरका १० वडाका ४ सय परिवारका उपभोक्ता सातादेखि खानेपानीबाट वञ्चित भएका छन् । आफ्नो गाउँमा सडक लैजान जमिन नदिएको भन्दै तौथली ९ का ले ०५७ सालदेखि सञ्चालित खानेपानी पाइप काट्दा उनीहरू नाकाबन्दीमा परेका हुन् ।
पानीको वैकल्पिक स्रोत नभएको र स्कुले विद्यार्थीसमेत प्रभावित भएको भन्दै टेकानपुरका उपभोक्ताले बिहीबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेललाई पाइप काट्नेमाथि कारबाही माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले खानेपानी तत्काल सुरु गराउन माग गरेका छन् । ज्ञापनपत्रमा एमाओवादी कार्यकर्ता स्थानीय फूलकाजी श्रेष्ठ नेतृत्वमा १० जनाको समूहले जेठ १२ गते पाइप काटेर आफूहरूलाई नाकाबन्दी गरेको उल्लेख छ । पत्र भक्तध्वज बोहराले पढेर प्रजिअ पोखरेललाई हस्तान्तरण गरेका थिए । खानेपानीजस्तो संवेदनशील विषयमा खेलवाड गरेर अमानवीय व्यवहार प्रदर्शन गरिएको छ, बोहराले भने । कांग्रेस, एमाले र राप्रपा प्रतिनिधिले संयुक्त ज्ञापनपत्र बुझाउँदै कारबाही माग गरेका हुन् । उनीहरूले यस्तै अवस्था रहे दुवै गाउँवासीबीच झडप हुने चेतावनी दिएका छन् ।
सडक अनुगमन समिति संयोजक दीपक श्रेष्ठ आफ्नो माग पूरा गराउन पाइप काटेको स्विकार्छन् । उनी भन्छन्, '५ वर्षदेखिको विवाद मिलाउन पटकपटक वार्ता गरियो, उनीहरू राजी नभएपछि अन्तिम विकल्पका रूपमा पानी बन्द गराएका हौं ।' सडक जोड्न ३ सय मिटरमात्र बाँकी रहेको अवस्थामा नियतवश हामीमाथि अन्याय गरेका छन्, उनले दाबी गरे । डोजर तीन पटक फर्कायौं, श्रेष्ठले भने, 'हामीमाथि राजनीतिक पूर्वाग्रह राखियो ।'
ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले पानी सञ्चालन गराउने आश्वासन दिए । प्रहरीको उपस्थिति गराएर भए पनि पाइप जोड्नुस्, उनले भने, 'अन्य समस्या छलफलबाट टुंग्याउन पहल गर्छौं ।' नाकाबन्दीमा परेका स्थानीयले भने, 'आफूहरूलाई एमाओवादी (पाइप काट्ने पक्ष) ले भौतिक आक्रमणको चेतावनी दिएको दाबी गरेका छन् ।' पाइप जोड्न जाँदा आक्रमण गर्ने भय छ, बोहराले भने । उपभोक्ता भेलाको निर्णयपछि एमाओवादीबाहेक दलहरू पत्र बुझाउन सदरमुकाम आएका थिए । उनीहरूले सडक बनाउने विकल्प दिए पनि अटेर गरेर आवादी गरिएको जमिन मास्न खोजेको तर्क गरेका छन् ।



0 comments

Post a Comment