पोखरा, जेष्ठ ७ - काँग्रेस सभापति सुशील कोइरालाले आगामी संविधानसभाको संख्या ६ सय १ भन्दा कम हुनुपर्ने बताएका छन् । उनले संख्या ६ सय १ लाई घटाउने उच्चस्तरीय राजनीतिक समितिको निर्णय कार्यान्वयन गर्न कांग्रेस पछि नहट्ने बताए । सानो देशमा ठूलो आकारको संबिधानसभा बनाउन नहुने उनको भनाई थियो ।
कोइरालाले पोखरामा पत्रकारहरुसँग कुरा गर्दै, ''सिट संख्या' र 'थ्रेस होल्ड' मा भएको सहमतिबाट पछि नहट्ने दाबी गरे ।
यसअघि उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रत्यक्षबाट २ सय ४० र समानुपातिकमा पनि त्यति नै तथा ११ जना मन्त्रीपरिषदले थप गरेर ४ सय ९१ जनाको बनाउने सहमति गरिसकेको छ । र, त्यसको प्रकृया पनि बढिसकेको छ । त्यस्तै, समानुपातिक प्रतिनिधित्व गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने सहमति भएको छ । यी दुवै कार्यान्वयन गर्नुपर्ने धारणा कांग्रेसको रहेको सभापति कोइरालाको भनाई थियो । साथै उनले फौजदारी तथा नैतिक पतनको अभियोग लागेकाले निर्वाचन लड्न नपाउने कानूनी व्यवस्था पनि यथावत् हुनुपर्ने बताए ।
उनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजिनामा दिन सुझाव दिने बताए । उनले उच्चस्तरीय राजनीतिक समितिमा नेकपा-माओवादी र उपेन्द्र यादवलाई पनि समावेश गराउन पहल गर्ने बताए !KANTIPUR NEWS
-->
0 comments
Post a Comment