नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 31, 2013

प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न दुईजना पक्राउ

काठमाडौं,जेठ १७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ परेका छन् । बर्दियामा प्रचण्डको सम्बोधन गर्ने आमसभास्थलमा प्रेसरकुकर बम राख्ने षड्यन्त्रमा संलग्न रहेको अभियोगमा नेकपा माओवादी क्रान्तिकारी का इन्द्रकुमार चिमोरिया र विष्णु खड्का काठमाडौंमा पक्राउ परेका हुन् । कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले त्यहाँ बम राखेको सूचना पाएकाले कुनै दुर्घटना भने हुन पाएन । प्रेसरकुकर बम निस्किृय बनाएपछि प्रहरीले सोही पार्टीका बिर्खबहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धर्वलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले प्रचण्ड हत्याको योजनासहित कार्यक्रमस्थलमा विष्फोटक पदार्थ राखेको बयान दिएको प्रहरी दाबी छ । अनुसन्धानले खड्का र चिमौरिया बागमती क्षेत्रमा सक्रिय रहेको र बबरमहलमा बम राख्ने तथा कान्तिपुर पब्लिकेशनको गाडी जलाउने घटनामा संलग्न रहेको देखाएपछि प्रहरीले खोज्न थालेको थियो । महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बिहीबार उनीहरुलाई चावहिलामा पक्राउ गरेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले थप अनुसन्धानका लागि दुवैलाई आतंकवादसम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरोमा बुझाएको छ । पक्राउ परेका खड्का क्रान्तिकारीको काठमाडौं जिल्ला सेक्रेटरी रहेको खुलेको छ भने चिमौरिया सदस्य हुन् । उनीहरु काठमाडौंमा बसेर पार्टीको नाममा जबर्जस्ती रकम असुली र विध्वंसात्मक घटनामा सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुसार खड्काले काठमाडौंमा मासु पसल चलाउँदै आएका थिए । संविधानसभा भवनअगाडि बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका उनी कैद सजाय भुक्तान गरेर रिहा भएपछि पुन विध्वंसात्मक गतिविधिमा सक्रिय भएका थिए

0 comments

Post a Comment