ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले चुरोट, बिँडी, सिगार, पाइप, हुक्का,
पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीज्न्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण
बाषिर्क १७ हजारभन्दा बढीको ज्यान जाने गरेको बताइएको छ ।
संगठनले कुल जनसंख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य पदार्थको
प्रयोगकर्ता रहेको जनाउँदै प्रयोगकर्ताको संख्या बढ्दो अवस्थामा रहेको नयाँ पत्रिका
दैनिकमा खबर छ । त्यस मध्ये २३ दशमलब ८ प्रतिशतले धुपमान अर्थात चुरोट बिँडीको
मात्रै प्रयोग गर्ने पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बर्षअघि गरेको अध्ययनबाट ग्रामीण
क्षेत्रमा ३३ प्रतिशत सहरी क्षेत्रमा २० प्रतिशत महिला सुर्तीजन्य पदार्थको अम्मली
रहेको देखाएको छ ।

0 comments
Post a Comment