बैद्यनाथ यादव/उज्यालो
सप्तरी, जेठ ७ – सप्तरीमा पूर्व सभासद सुदरुल मियाँको हत्या भएको छ ।
कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा राती १ वजेतिर उहाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन ।
अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीय वासिन्दाले हत्याराको खोजी गरी कारबाहीको माग गर्दै राजमार्ग सप्तरीमा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले पोष्टमार्टमका लागि लैजान शब पनि दिन नमानेका प्रहरीले जनाएको छ ।
मियाँ २०६४ सालमा सप्तरी क्षेत्र नंबर ५ बाट स्वतन्त्र उमेद्वारको रुपमा निर्वाचित हुनुभएको थियो ।
-->
0 comments
Post a Comment