नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 27, 2013

एयर होस्टोल एकाडेमीले अन्तराष्ट्रिय मान्यता प्राप्त

डिसीनेपाल डटकम -
 एयर होस्टोल एकाडेमीले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ।


प्रदिपराज वन्त प्रबन्ध निर्देशक रहेको फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकेडेमीले अन्तराष्ट्रिय मान्यता पाएको हो । फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकेडेमीले स्थापना भएको एक वर्षमै अन्तराष्ट्रिय मान्यता पाएको हो । वन्तले यस अघि भने ४ वर्षदेखि सिजन मिडियाद्वारा एयर होस्टेज सम्बन्धी प्रतियोगीतात्मक कार्यक्रम गर्दै आएका थिए ।

सिजन मिडियाद्वारा सञ्चालित प्रतियोगितालाई नै गतवर्षदेखि वन्तले फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकाडेमीको नाममा एयर होस्टेज सम्बन्धी तालिम, व्यक्तित्व विकास र टेलिफोन अपरेटर कक्षा सञ्चालनमा गर्दै आएका छन् ।

राजधानीको पुतलीसडकमा रहेको एकेडेमीले स्थापना भएको पहिलो वर्षमा नै अमेरिका स्थित इन्टरनेशनल एक्रिडिएसन अर्गनाइजेसन (आइएओ) बाट  अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको हो । फ्लाइ इकाई इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक वन्तले आफ्नो संस्थाले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् । वन्तले अन्तराष्ट्रिय प्रमाणपत्र आफ्नो संस्थाले पाउनुको पछाडि संस्थाको काम अन्तर्राष्ट्रिय जगतमा विश्वाशिलो र गुणस्तरयुक्त भएको बताएका छन् ।

फ्लाई स्काई इन्टरनेशनलले गत वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  उडानका लागि उपयोगी तालिम कक्षा सञ्चालन गर्दै आएको छ ।

0 comments

Post a Comment