ताप्लेजुङ,जेठ १८ । कञ्जन्जङघा हिमालमा मृत्यु भएका पाँच आरोहीको शव हिमालमै छाडिने भएको छ । हिउं पग्लिएर शव उठाउन कठिनाई हुने र खर्च पनि अधिक लाग्ने भएपछि गएको जेठको पहिलो हप्ता कञ्चनजङघा हिमालमा मृत्यु भएका आरोहीको शव हिमालमै छोडिने भएको हो । हिउं पग्लिएर शव उठाउन समस्या पर्ने र उद्धारका लागि पठाइएको टोली नै जोखिममा पर्ने भएपछि मृतकका आफन्त र आरोहणमा पठाउने टे्रकिङ एजेन्सीले शव नठाउने निधो गरेका हुन् । । कञ्चनजङघा आरोहणको ४ नम्बर आधार शिविरमा दुई नेपाली र तीन विदेशीको ज्यान गएको थियो । हिउंमा परी ज्यान गुमाउनेमा संखुवासभा मकालुका फुदोर्जी शेर्पा र संखुवासभाकै हटियाखोलाका विवश गुरुङ रहेका छन् । विदेशीहरुमा हंगेरीयन नागरिक पिटर किस, जेड सोल्ट इरोस तथा कोरियन नागरिक नामसो पार्क रहेका छन्
0 comments
Post a Comment