सप्तरी, १२ असार । पतिले तेजाब हालेर घाइते भएकी बकधुवा गाविस–७ महुलीकी ३० वर्षीया
बद्रीमाया विश्वकर्र्मा हिजो सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छन् । छिमेकी
पुरुषसँग बोलेकामा आफ्नो चरित्रमाथि लाञ्छना लगाउँदै कुटपिट गर्ने पति ४८ वर्षीय
कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला गुप्ताङमा तेजाब हालेर फरार भएको पीडितले
बताइन् ।
सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार चन्दा संकलन गरी
युनिक अस्पतालमा भर्ना गरिदिएको र सो अस्पतालले सिफारिस गरेपछि मङ्गलबार अपराह्न
अञ्चल अस्पताल भर्ना गरेको महिला अधिकारकर्मी बकधुवा गाविस–९ की कुसुम आचार्यले
बताउनुभयो ।
जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्ष अघि बद्रीमायासँग बिहे गरेका थिए ।
बद्रीमायातर्फ ११ वर्षकी छोरी र पाँच वर्षको छोरा छन् । घटनाका बारेमा महुली प्रहरी
चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
0 comments
Post a Comment