११ असार, हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा १२ कक्षामा अध्ययन गरिरहेकी मकवानपुरको भीमफेदी गाविसका एक किशोरी आफ्नै साथीहरुबाट सामूहिक बलात्कारको सिकार भएकी छन् ।
सँगै सिनेमा हेर्न गएका दुई युवाले खाजाखाने क्रममा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हेटौंडा १० स्थित नारायणी होटलमा शनिबार राति ९ बजेदेखि १२ बजेसम्म किशोरीमाथि सामूहिक बलात्कार गर्ने पाँचजनालाई प्हरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।
भीमफेदी-५ की १८ बर्षकी ती किशोरी र उनकी साथी सिद्धार्थ उच्चमावि हेटौंडामा कक्षा १० की छात्रा ओम चलचित्र मन्दिरमा सिनेमा हेर्न गएका थिए । दुवै किशोरीसँगै सिनेमा हेर्न जाने भीमफेदीका विकास स्याङतान र आमभन्ज्याङका होमबहादुर स्याङतानबीच पहिलेदेखि चिनजान थियो । उनीहरु ३-६ को शो हेर्न गएको अन्नपूर्ण पोष्टमा खबर छ ।
0 comments
Post a Comment