१६ असार, काठमाण्डौं । नाम उच्चारणमा एकरुपता आएका आधारमा एक नेपाली कम्बोडियाको जेलमा यातनापूर्ण जीवन विताइरहेका छन् । पर्वतको कार्कीनेटा ५ का धनपति पौड्याल आतंककारीको अभियोगमा ३७ महिनादेखि कम्बोडियाको राजधानी न्होमपेन्हस्थित प्रेसार जेलमा रहेका छन् ।
व्यवसायको सिलसिलामा थाइल्यान्ड हुँदै कम्बोडिया पुगेका पौड्याल सन २०१० को मेमा न्होमपेन्हस्थित अमेरिकी, बेलायती र अस्ट्रेलियाली राजदूतावासमा आतंककारीले बम विस्फोट गराउँदै छन भन्ने आशयको उजुरी गृहमन्त्रालयमा पुग्यो । उजुरीमा ६ जनाको नाम पोलिएको थियो, जसमा पौड्यालको नामसँग मिल्दोजुल्दो हिज्जे भउको नाम पनि थियो । त्यही आधारमा उनी पक्राउ परेका हुन् । प्रहरीकै दाबीका आधारमा दुई तहका अदालतले उनलाई जस्ताको तस्तै अनुमोदन गरी आठ बर्षको जेल सजाय तोकेका छन् । उनी करिब ३७ महिनादेखि जेलमा छन् । सर्वोच्च अदालतले अन्यथा नभनेसम्म उनी जेलमै हुनेछन्, अझै ४ बर्ष ११ महिना ।
आतंककारी भनिएको समूहका सदस्यहरुको सूचीमा रहेका ६ नाम मध्ये धनपति पौड्यालको छोटकरी नाम डीआईपी -डिप)सँग मिल्दोजुल्दो हिज्जो डीईईपी -डीप) पनि चिट्ठीमा परेका छ । उजुरी गर्ने व्यक्ति बंगलादेशी नागरिक कमाल नामका रहेछन् । उनी पनि समातिए । यसका अर्का दुई नेपाली हरि र शिब पनि मुछिएका थिए । उनीहरु भने केही दिनको हिरासत बसाइपछि छुटे । तर, तिनका बारेमा विस्तृतचाहिँ आफूलाई पनि थाहा नभएको पौड्याल बताउँछन् ।
उनले आफू नभएको प्रमाण पेस गर्न खोजेपनि प्रहरीले सबै प्रमाणलाई गुटमुटाएर आफैँसँग राखेको र अदालतले प्रहरीकै भनाईकै आधारमा सजाय तोकेको गुनासो गरेका छन् । उनले भने ‘मैले गलत गरेको छैन् । मेरो उर्वर समय जेलमा बितेको छ । क्षतिपूर्ति भराएर मलाई जेलमुक्त गर्ने पहल राज्यले गर्छ भन्ने आश छ ।’ पौड्यालको मजोरी भने प्रवेशाज्ञाको म्याद सकिएपनि उनी त्यही बसेको आइतबार प्रकाशित नेपाल साप्ताहिकमा खबर छ ।
0 comments
Post a Comment