बागलुङ, जेठ १८ – नेपाल बार एशोसिएसनको ४० औं कार्यकारिणी परिषद बैठक १९ बुँदे बागलुङ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
बैठकले अस अघि गरेको प्रधानन्याधीशबाट खिलराज रेग्मीको राजिनामा माग्ने आफ्नो निर्णय यथावत राख्ने निर्णय गरेको छ ।
शक्ति पृथकीकरणको सर्वमान्य सिद्धान्तको उल्लंघन गर्दै सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायधीश चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनेको भन्दै बारेले त्यसको विरोध गर्दै आएको थियो ।
बैठकपछि बारका अध्यक्ष अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानन्याधीशबाट रेग्मीले तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो । यस्तै महासचिव सुनिल पोखरेलले आन्दोलनका स्वरुप परिवर्तन गर्दै रेग्मीले राजीनामा नदिएसम्म आन्दोलन जारी बताउनुभयो ।
बैठकले संविधानसभाको स्वतन्त्र र निष्पक्ष निर्वाचनको लागि राजनीतिक पहल गर्दै निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने माग गरेको छ ।
सर्वोच्चमा स्वतन्त्र न्यायपालिकाको मर्म विपरित गरिएको अस्थायी न्यायधीश नियुक्तिको विरोध गर्दै संवैधानिक व्यवस्था अनुरुप स्थायी न्यायाधीशको नियुक्ति गर्नुपर्ने माग बैठकले गरेको छ ।
0 comments
Post a Comment