काठमाडौं, जेठ १९ – यस वर्षको एसएलसी परीक्षाको नतिजा जेठ अन्तिम साता प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले तोकिएको समयमा नतिजा प्रकाशनका लागि परीक्षाका कामहरु तीव्र रुपमा भइरहेको जनाएको छ ।
अहिले परीक्षार्थीको नम्बर रुजु गर्ने काम जारी रहेको परीक्षा नियन्त्रण कायालयले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा ५ लाख ४७ हजार परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्ष परीक्षाफल दैनिक पत्रिकामा प्रकाशन नहुने भएको छ । परीक्षाफल प्रकाशन भएलगत्तै परीक्षार्थीले टेलिफोन, एसएमएस र बेवसाइट मार्फत् नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ
0 comments
Post a Comment