नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Jul 2, 2013
कुवेतका खद्दामाको उद्धार
at
6:54 AM
वेती सरकारले परिवारको संख्या एवं परिवारमा भएका बच्चाका आधारमा एउटा परिवारले राख्न पाउने घरेलु महिला कामदार अर्थात् खद्दामाको संख्या तोकिदिएको छ । मुख्य गरी नेपाली, भारतीय, श्रीलंकन, फिलिपिनो एवं इथुपियनहरू घरेलु कामदारका रूपमा कार्यरत छन् । नेपाल सरकारबाट रिक्रुटमेन्ट एजेन्सी सम्झौताका विषयमा निर्णय नहुन्जेल अस्थायी रूपमा कुवेतस्थित नेपाली दूतावासमा दर्ता भएका रिक्रुटमेन्ट एजेन्सीले सीमित मात्रामा वैधानिक रूपमा नेपाली घरेलु कामदार ल्याइरहेको अवस्था छ । यस्ता एजेन्सीमा नेपाली सेक्रेटरी अनिवार्य हुनुपर्छ । तर दूतावासमा दर्ता नभएका अन्य एजेन्सीहरूले पनि अवैधानिक रूपमा भारतको बाटोबाट नेपाली महिला कामदार ल्याइरहेको विषयमा पनि समयसमयमा विभिन्न सवाल उठ्ने गरेका छन् ।
कुवेती स्पोन्सरले एउटा नेपाली खद्दामाको लागि एजेन्सीमा कम्तीमा ५५० के.डी -नेपाली रुपैयाँ १,६५,०००) देखि बढीमा ६५० के.डी. -१,९५,०००) हजारसम्म तिरेका हुन्छन् । खद्दामा ल्याउन लाग्ने सम्पूर्ण खर्च कुवेती स्पोन्सरले बेहोरेको हुन्छ । घरेलु कामदारको करार अवधि २ वर्षको हुन्छ र कामदारले २ वर्ष अनिवार्य रूपमा काम गर्नुपर्ने हुन्छ । सम्बन्धित स्पोन्सरकामा काम नगरी भागेर बाहिर काम गरेमा गैरकानुनी हैसियत हुन्छ । यदि कुनै पनि घरेलु कामदार १०० दिन नपुग्दै कुवेतीका घरबाट भागेमा कुवेतीले तिरेको सम्पूर्ण रकम एजेन्सीले फिर्ता गर्नुपर्ने हुन्छ । तर ग्यारेन्टी अवधिपश्चात भागेमा भने एजेन्सीले सो रकम तिर्नु पर्दैन । तसर्थ १०० दिन नपुगुन्जेल एजेन्सीहरूले पनि राम्रो व्यवहार गर्ने, फकाउने र त्यसपछि भने नराम्रो व्यवहार गर्ने गुनासा बारम्बार आउने गरेका छन् ।
धेरैजसो कुवेतीले आफूले पाएको सुविधा दुरुपयोग गरी भिसा बेच्ने कामसमेत गरेका छन् । यदि कानुनी रूपमा उसले ५ जना खद्दामा राख्न पाउँछ भने १ वा २ जना आफ्नो घरमा राखी बाँकी ३ जनाको भिसा जनही बढीमा ७०० के.डी. -ने.रु. २,१०,०००) सम्ममा बेच्ने गर्छन् । यस्ता भिसा नेपाली, इन्डियन, फिलिपिनो, इथुपियनहरूले आफन्तहरू ल्याउन किन्ने गर्छन् । घरमा भन्दा बाहिर काम गर्दा धेरै कमाउन सकिने हुनाले यस्ता भिसाहरू व्यापक रूपमा खरिदबिक्री हुने गर्छन् । केही टाठाबाठा नेपाली खद्दामाहरू खासगरी खाडीमा काम गरी अनुभव लिएकाहरूले पनि कुवेतीलाई पैसा तिरी भिसा खरिद गरी बाहिर काम गरिरहेका छन् । तसर्थ कुनै पनि खद्दामालाई तुरुन्त्ा उद्दार गर्न कुवेतीलाई पैसा नतिरी सम्भव नै छैन । कुवेतमा भेडाबाख्राको खरिदबिक्रीसरह घरेलु भिसाको खरिदबिक्री भइरहेकाले उद्घार प्रक्रिया जटिल बन्दै गइरहेको छ ।
करार अवधि नसकी भागेर दूतावास आएका महिला कामदारलाई तुरुन्त उद्दार गरी नेपाल पठाउन ज्यादै कठिन छ । त्यस्तै घरमा काम गरिरहेका कामदारको उद्दार पनि सहज रूपमा गर्न सकिँदैन । घरेलु कामदारको राहदानी कुवेती मालिकले राखेको हुन्छ । खद्दामालाई नेपाल पठाउन अनुरोध गर्दा मैले दुई वर्ष काम गर्ने गरी तिरेको रकम कसले दिन्छ भनी विवाद गर्छन् । तसर्थ उनीहरूले मागेबमोजिमको रकम नतिरी राहदानी फिर्ता लिन सकिँदैन ।
एउटा नेपाली खद्दामा राख्न कुवेतीले तिरेको पैसा कुवेतस्थित एजेन्सी र नेपालका एजेन्टले मिलेर लिने गर्छन् । यदि कुनै खद्दामाको उद्दार गर्नुपरेमा यी दुवैले मिलेर रकम कुवेतीलाई तिर्नुपर्ने हुन्छ । कुवेती स्पोन्सरले तिरेको रकम भने दुवैतर्फका एजेन्टले भागबन्डा गरी लिने अनि महिलाहरूलाई व्यक्तिगत रूपमा लामबद्घ गराई विभागबाट व्यक्तिगत श्रमस्वीकृतिका नाममा श्रम दिने कार्य न्यायोचित छैन । कुनै पनि घरेलु कामदारका सम्बन्धमा कुवेतस्थित एजेन्सी र नेपालको एजेन्ट दुवैको जिम्मेवारी र उत्तरदायित्व समान हुनु जरुरी छ ।
कामदारहरूलाई स्वदेश फिर्ता गराउने दुइटा प्रक्रिया छन्- एउटा राहदानी लिएर टिकट काटीे सिधै नेपाल फर्काउने र अर्को डिपोर्टेसन सेन्टर हुँदै नेपाल पठाउने । कुवेतीले राहदानी दिएमा सहजै रूपमा टिकट काटी नेपाल पठाउन सकिन्छ । घरबाट खद्दामा भागेपछि कुवेतीले पुलिसकामा 'रन वे केस' हालिदिन्छन् । यस्तो अवस्थामा स्ाम्बन्धित कामदारको फिंगर पि्रन्ट बनाएर पुलिसको डिपोर्टेसन सेन्टरमा लगेर कामदारलाई राखिन्छ र पुलिसले आवश्यक प्रक्रिया पुर्याएर नेपाल पठाउँछ । घरबाट भागेका कामदार जसको विरुद्घमा कुवेतीले केस पनि नहालेको, भिसा पनि भएका र राहदानी पनि नदिएको अवस्थामा भने नेपाल पठाउन लामो प्रक्रिया पुर्याउनुपर्ने हुन्छ जसले गर्दा धेरै समय लाग्ने हुन्छ ।
Tags :
0 comments
Post a Comment