२५ असार, सप्तरी । हत्याको आरोपमा सप्तरीमा एक बालक पक्राउ परेका छन् । हत्या आरोपमा राजविराज नगरपालिका- ९ का १३ वर्षीय बालक विकासकुमार सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज नगरपालिका- १ स्थित नगरपालिका कार्यालयको सार्वजनिक शौचालयनजिक मङ्गलबार मृत अवस्थामा भेटिएका भारत बिहार राज्यको मधुवनी खजौलीका ३० वर्षीय मनोज रामको शवबारे अनुसन्धान गर्न प्रहरीले सिंहलाई पक्राउ गरेको जनाइएको छ ।
बालक सिंहसहित प्रहरीले बाबा मिष्ठान्न भण्डारका सञ्चालक राजविराज- ३ का ५४ वर्षीय विनोदकुमार साह, २१ वषर्ीय विक्रमकुमार साह र छिन्नमस्ता गाविस-७ का ३२ वर्षीय हरेराम यादवलाई पनि पक्राउ गरेको छ । विभिन्न मिष्ठान्न भण्डारमा काम गर्ने रामको मृत्यु अत्यधिक रक्सी सेवनका कारण भएको हुनसक्ने स्थानीय पसलेहरुले बताएका छन् । शवको मंगलवार सगरमाथा अञ्चल अस्पताल राजविराजमा परीक्षण हुने प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो । रासस
0 comments
Post a Comment