नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 10, 2013

अफगानी महिलाको आँसु



तीन कक्षासम्म पढाउँथिन्, ४० वषर्ीया ताहिरा। साहित्यमा सोख थियो उनको। उनका बाबुका दुईवटी श्रीमती रहेछन्। आठ दाजुभाइ र १० दिदीबहिनी। अन्य दिदीबहिनीको पढाइमा रुचि थिएन। त्यसैले बुबाले १२ वर्ष नपुग्दै बिहे गरििदए। ताहिराको स्कुले जीवनमै रसियन र मुजाहिद्दिनको युद्ध सुरु भइहाल्यो। तालिवानले केटीहरूलाई विद्यालय जान नदिने नियम नै बनाए।

पढ्ने जिद्दी गर्दागर्दै पनि १४ वर्षमा उनको विवाह भयो। तर, उनलाई पतिले पढ्न रोकेनन्। पति भन्छन्, "मलाई ताहिराका बारेमा एकदम चिन्ता लागिरहन्थ्यो। उनलाई म सुखी राख्न चाहन्थँे, त्यसैले पढाएँ।"

शिक्षित भएर पनि ताहिराका ६ छोराछोरी रहेछन्। यति धेरै छोराछोरी किन त ? ताहिरा हाँस्दै भन्छिन्, "अफगानी संस्कृतिमा धेरै छोराछोरी हुनु शुभसूचक मानिन्छ। पाँच छोराछोरी भएपछि हामी सन्तान पुगेको निष्कर्षमा पुगेका पनि हौँ। तर, तालिवानले घरबाट बाहिर निस्कनै दिएन। त्यसैले मेरो अरू केही काम भएन।"

त्यसो त तालिवान शासनभन्दा पहिले पनि ताहिरा शिक्षिका थिइन्। तर, तालिवानको पालामा घरबाहिर एक्लै काम गर्न प्रतिबन्ध लागिहाल्यो। भन्छिन्, "घरभित्र बस्नुपरेकाले मैले अर्को बच्चा पनि जन्माउने निर्णय गरेँ ताकि म आफूलाई भुलाउन सकूँ।"

एक शिक्षित जिम्मेवार महिलाको मुखबाट यस्तो कुरा सुन्दा दुःख लाग्नु स्वाभाविकै हो। मैले यसबारेमा अफगानी साथीहरूसँग भनेँ पनि। उनीहरूले त 'यो त यहाँ धेरै सामान्य कुरा हो' भनेर टारिदिए। अफगानिस्तानमा महिलाले भोग्नुपरेका पीडा यसभन्दा धेरै नराम्रा रहेछन्।

तालिवानको कानुन कस्तो भने बुर्का नलगाएकी महिलाले ट्याक्सीमा चढ्न पनि नपाउने। त्यसो गरे ड्राइभरलाई कडा सजाय दिइने। महिलाहरू बुर्का नलगाईकन देखा परे तिनका पतिलाई समेत सजाय दिइन्थ्यो।

बिरामी महिलालाई अस्पतालमा गएर पुरुष डाक्टरसँग जचाउन प्रतिबन्ध थियो। यही कारण असंख्य अफगानी महिला अकालमै ज्यान गुमाउन बाध्य भए। एक डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाए, "एकदिन मेरो क्लिनिकमा एक महिला आफ्नो बिरामी बच्चा लिएर आइन्। उनी बाहिर कुररिहँदा केही तालिवान् पुलिस क्लिनिकभित्र आए। बाहिर ती महिला के गर्दै छन् भनेर केरकार गरे। उनीहरूले ती महिलालाई नजाँच्न आदेश दिए।"

आफू पुरुष भएकाले उनले ती महिलाको बच्चालाई जाँच्न पाएनन्। उनी धेरै दुःखी भइन् र धरधरी रोइन्। डाक्टरलाई यति बेसहारा र ग्लानि अनुभव भयो कि उनले डाक्टरी पेसा र अफगानिस्तान नै छाडे। ती साथी अहिले पाकिस्तानमा छन्।

अफगानिस्तानमा महिला डाक्टरहरूको पीडा पनि उस्तै छ। एक डाक्टर भन्छिन्, "एकपटक ट्याक्सीमा गइरहँदा मलाई अफगानिस्तानको धार्मिक पुलिसले रोक्यो र तिमी किन एक्लै हिँड्दै छौ भनेर सोध्यो ? मैले म डाक्टर हुँ र अस्पतालतर्फ जाँदै छु भनेँ। तिनीहरूले मेरो कुरा विश्वास गरेनन्। मैले आफ्ना हाकिमलाई बोलाएँ। बुर्का उतारेपछि हाकिमले मलाई चिनाए। तर, उल्टै तालिवानहरूले मलाई डन्डाले हिर्काए र मेरो शरीरमा घाउ बनाए। त्यस्तो अवस्थामा मैले कसरी काम गरेँ होला ?"

अमेरकिाले युद्ध गरेर तालिवानलाई हटाएपछि त्यहाँका मानिसहरूको जीवन केही सजिलो भयो तर शिक्षा, स्वास्थ्य आदि क्षेत्रको हालत अझै नराम्रो छ। तालिवान शासन हटे पनि धार्मिक अन्धता हटेको छैन। अफगानी महिलाहरू बुर्काभित्रै छन्। फरक के छ भने उनीहरू एक्लै सडकमा हिँड्न पाउँछन्।

पहिले घरको कोही न कोही लोग्ने मान्छे लिएरै हिँड्नुपथ्र्यो। घरमा कोही नभएका विधवालाई बाहिर मालसामान किन्न निस्केको देखे तालिवानले कोर्रा हान्थे। "महिलाले कोर्रा खाएको मैले आफ्नै आँखाले देखेकी हुनाले म बाहिर निस्कन असाध्यै डराउँथे," एक सहकर्मी सुनाउँथिन्। अहिले पनि तालिवान वर्चस्व भएको ठाउँमा उस्तै हालत छ। परविार नियोजनको साधनसमेत प्रयोग गर्न पाइँदैन।

म सन् २००२-२००३ को ६ महिना अफगानिस्तान बसेँ। त्यहाँका नर्सहरूलाई महिला स्वास्थ्यका बारेमा तालिम दिएँ। एक दिन महिला स्वास्थ्यका लागि खानपान, हावापानी, व्यायाम र घामको महत्त्व बुझाउँदै थिएँ। घाममा रहेको भिटामिन 'डी'ले महिलाको हाड बलियो पार्छ। त्यसैले प्रत्येक दिन कमसे कम हातखुट्टा, पिठ्यूँमा १५-२० मिनेट सूर्यको किरण सीधै पर्नुपर्छ। कहिलेकाहीँ बुर्का फुकालेर आफ्नो शरीरमा घाम पर्न दिनुपर्छ भनँे। मेरो भनाइ त अफगानी संस्कृतिविरुद्ध भएछ।

केही नर्सले अफगानी हाकिमलाई डा अरुणाले बुर्का नलगाई जीउ घाममा देखाऊ भनेको बताइदिएछन्। ती हाकिमले मलाई भने, "आइन्दा हाम्रो धर्म र संस्कृतिका विरुद्धमा छलफल नगर्नुहोला। महिला स्वास्थ्यका विषयमा कुरा गर्दा बुर्काको कुरा झिकेर गल्ती गर्नुभएको छ। यो तपाईंलाई चेतावनी हो।"

त्यसपछि मेरो मनमा एक प्रकारको डर पैदा भयो। छलफलका क्रममा संस्कृतिले स्वास्थ्यमा पार्ने सकारात्मक वा नकारात्मक प्रभावका बारेमा बताउनु सामान्य हो। तर, मलाई चेतावनी नै दिइयो। त्यो समयमा म काबुलमा पनि थिइनँ, हेरात भन्ने जिल्लाको सानो अस्पतालमा काम गर्थें। त्यसैले अवधि सिद्धिनासाथ स्वदेश फर्किएँ। अझै पनि अफगानी महिलाको जीवन पढ्दा र सुन्दा मन चसक्क हुन्छ।

0 comments

Post a Comment