नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Jul 2, 2013
पटकथा र आदिवासी नायिका
at
6:58 AM
काठमाडौ, असार १८ - नायिकाको खास काम निर्देशकले दिएको जिम्मेवारी पूरा गर्नु हो । चलचित्र विकास बोर्डअन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिले गरेको तीनदिने पटकथा लेखन तालिममा भने अधिकांश आदिवासी जनजाति नायिकाहरू पटकथा लेखन सिकिरहेका भेटिए । 'निर्देशन र लेखनको चासो पहिल्यैदेखि थियो,' आधा दर्जनभन्दा बढी थारू फिल्ममा अभिनय गरेकी सोनु थारूले भनिन्् ।
'करम', 'बुर्हान', 'प्रेमके जाल', 'दरार', 'इ कैसे माता', 'डगर' जस्ता फिल्मकी नायिकाले पछिल्लोपटक आप््नै ब्यानर बनाई फिल्म निर्माणतिर पनि जुटिरहेकी छ्् । थारू ड्रेसमै तीन दिन ट्रेनिङ धाएकी उनले अनुप सुवेदीबाट पटकथा लेखनको ज्ञान हासिल गरेपछि सोमबार समापनमा भनि््, 'आप््नै समुदायको मौलिक कथा खोज्न सकिने रहेछ भन्ने आँट बढेको छ ।'
यस्तै मत राखि्् शान्ति मगरले पनि । 'एजु', 'चिन्डियाक', 'सालिज्यु', 'हाम्रो सानो गाउँ' लगायतका फिल्मकी नायिका शान्तिले पटपकथाको ज्ञानले फिल्मको कुनै पनि चरित्र निर्माणमा समेत सघाउने र अभिनयलाई सहज तुल्याउने तर्क राखि्् । 'मेरो चाँूि निर्देशनको लक्ष्य हो,' आधा दर्जन तामाङ फिल्ममा खेलेकी सुकुमाया मोक्तानले भनिन््, 'पटकथाको ज्ञान झन सघाउने रहेछ ।' उनको तर्कलाई साथ दिनेमा चाँदनी राई र सीता राई पनि थिइन्् । दुवैले बुझेर फिल्म खेल्दाको परिणाम नै भिन्न हुने दाबी गर्दै गुणात्मक फिल्मका लागि यस्ता ज्ञान महत्त्वपूर्ण रहेको बताइन् ।
तीनदिने ट्रेनिङको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैताले 'सबै समुदायको फिल्मको विकास भयो भने नेपाली फिल्म उद्योगलाई व्यावसायिक बनाउने अभियानमा इँटा थपिने' दाबी गरे । समितिका संयोजक पृनाराज जोशीले नेपाली फिल्म उद्योगलाई धनी बनाउन आदिवासी जनजाति समुदायका कथाहरू पर्याप्त रहेको दाबी गर्दै मौलिक कथा खोजी र विकासको लागि कार्यक्रम राखिएको बताए । ६० जना सहभागी रहेको ट्रेनिङको पहिलो दिन साहित्यकार तथा पटकथा लेखक विश्वभक्त दुलाल 'आहुति'ले आदिवासी चेतना, सौन्दर्य र इतिहास सम्बन्धी सिकाएका थिए भने पछिल्लो दुई दिन अनुप सुवेदीले पटकथा लेखनबारे प्रशिक्षण दिएका थिए ।
समापन समारोहमा अग्रज चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा, निर्माता संघका अध्यक्ष राजकुमार राई, उदय सुब्बा लगायतले पनि प्रशिक्षार्थीहरूलाई बधाइ दिएका थिए ।
Tags :
0 comments
Post a Comment