नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Jul 2, 2013
पुर्व पश्चिम रेल्वे कोरियाको चासो
at
6:48 AM
काठमाडौ, असार १८ - दक्षिण कोरियाली सरकारले पूर्व-पश्चिम रेलवे निर्माणमा चासो देखाएको छ । आगामी हप्ता औपचारिक भ्रमणमा आउने कोरियाली रेलवे विभागका उच्च अधिकारीहरूको टोलीले यसमा सहकार्यबारे नेपाली अधिकारीहरूसँग छलफल गर्नेछ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कोरियाली सरकारले पूर्व-पश्चिम रेलवेलगायत सम्भव हुने सबै परियोजनाहरूलाई लक्षित गरी यसै भ्रमणका अवसरमा नेपाल सरकारसँग प्रारम्भिक समझदारी (एमओयु) गर्न चाहेको छ । तर नेपाल सरकारले पर्याप्त तयारी गर्न नभ्याएकाले यसै पटक एमओयुको सम्भावना कम रहेको अधिकारीहरूले बताए ।
चिनियाँ सरकारको अनुदानमा निर्माण हुने काठमाडौं चक्रपथ सुधार परियोजना उद्घाटन भएलगत्तै अर्को उत्तरपूर्वी एसियाली राष्ट्रको चासो रेलवेमा देखिएको हो । तीन महिनाअघि मात्र दक्षिण कोरियाली दुई कम्पनीले पूर्व-पश्चिम रेलवेको दुई खण्ड निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने ठेक्का पाएका थिए । मुलुकको समृद्धिसँग जोडेर हेरिएको यो रेलवेसम्बन्धी प्रारम्भिक अध्ययन भारतीय कम्पनी राइट्सले गरेको थियो ।
Tags :
0 comments
Post a Comment