एक अध्ययनले रातो र गुलाबी रगंको पहिरन लगाउने महिलाहरुको प्रजनन क्षमता अधिक हुने
देखाएको छ । हालै गरिएको अमेरिकी अनुसन्धानले यस्तो देखाएको हो । साईकोलोजिकल
साईन्स जर्नलमा प्रकाशित अनुसन्धान प्रतिबेदनलाई केहि दिन अघि अमेरिकाको एसोसिएशन
फर साईकोलोजीकल साईन्स सम्मेलनमा प्रस्तुत गरिएको थियो । अनुसन्धानमा १८ देखि ४७
बर्ष उमेर समुहका १ सय २४ महिलाहरु सहभागी थिए । सहभागी महिलाहरुको मासिक चक्र र
कपडाको रगंको ब्यहोरा लिएको थियो । सो क्रममा उनीहरु फर्टाईल को बेला कुन रगंको
पोशाक लगाउँछन भनेर पनि सोधिएको थियो । अध्ययन पश्चात रातो र गुलाबी रगंको पहिरन
बढी लगाउने महिलाहरुको प्रजनन क्षमता अरु सामान्य महिला भन्दा ३ गुणा बढि हुने
देखियो । महिलाको प्रजनन क्षमताका बारेमा भएको यस्तो अनुसन्धान अहिले सम्म कहिँ कतै
नभएको अनुसन्धानकर्ताहरुले दावी गरेका छन । यस अघि रगं र प्रजनन क्षमतासँग
सम्बन्धित अनुसन्धान पशु चौँपायामा भने भईसकेको छ । यो अनुसन्धानको आधार स्तम्भ
ब्रिटिस कोलम्बिया युनिभर्सिटीको अध्ययन हो, जसमा महिलाहरुले आफ्नो कामेच्छाको
संकेत दिन रातो रगंको पहिरन अधिक लगाउने गरेको देखाईएको थियो ।
0 comments
Post a Comment