नवलपरासी, असार १७ - नवलपरासीको दलदले बुलिङ्गटार सडक खण्डमा दर्जनौ ठाउँमा पहिरो जाँदा यातायात सञ्चालन भएको छैन ।
यातायात सञ्चालन नहुदा खाद्यान्न ढुवानीमा समस्या परेको छ । खाद्यान्न ढुवानी नहुदा पहाडी भेगमामा खाद्यान्न अभाव हुन थालेको छ । असारको शुरुसंगै बर्षा लागेकाले कच्ची सडक बिग्रिदा नवलपरासीका १३ पहाडी गाविसमा खाद्यान्न अभाव हुन थालेको हो ।
असारमा मकै पनि नपाकेको अबस्थामा खाद्यान्न ढुवानी नहुदा अनिकालको अबस्था शुरु भएको नरमका ढकबहादुर सारुले बताउनुभयो । नरम, रकुवा, रुचाङ्ग, मिथुरकम, डाँडाँझेरी, जौवारी, धौवादी, भारतीपुर, अर्खला, कोटथर, बुलिङ्गटार, डेढगाउँलगायतका गाविसमा खाद्यान्न संकट भएको हो ।
जिल्ला विकास समिति नवलपरासीलाई पटक पटक सडकको मर्मतको लागि आग्रह गर्दा पनि सुनुवाई नभएकाले पहाडी भेगका बासिन्दाले अनिकालको सामना गर्नुपर्ने अबस्था सृजना भएको रुचाङ्ग गाविसका पुर्व अध्यक्ष हुमनाथ पाण्डेले बताउनुभयो ।
कुमसोत माथिको भाग, अर्खला आसपास क्षेत्रमा सडक पहिरो गएकाले यातायात नचलेको लेकबेशी यातायात ब्यबसायी समितिका अध्यक्ष युवराज बस्यालले बताउनुभयो ।
0 comments
Post a Comment