असार १७ – भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागेर स्थानीय दुई युवकको ज्यान गएपछि सुरु भएको प्रदर्शन उग्र बनेको छ ।
आतंकवादी विरुद्ध चलाइएको अभियानका क्रममा भएको गोलाबारीमा बन्दीपुरा जिल्लाका एक युवक मारिएपछि स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनकारीलाई हटाउन सेनाले चलाएको गोली लागि अर्का युवकको पनि ज्यान गएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ । केही दिन यता आंतवादीको आक्रमणमा परी आठ जना भारतीय सैनिकको ज्यान गएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
आतंकवाद विरुद्ध निगरानी बढाइएका बेला आतंकवादीको आशंकामा गोली चलेको हुन सक्ने सेनाले जनाएको छ । घटनाको छानबीन गर्ने सेनाले जनाएको छ ।
निर्दोष नागरिकको हत्या भएको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
0 comments
Post a Comment